जनकपुरः नहरमा एक पुरुषको लास

२०८० माघ २५ बिहीबार
रति ८:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक पुरुषको लास फेला परेको छ ।  धनुषाको शहिदनगर नगरपालिका ७ स्थित नहरमा एक पुरुषको लास फेला परेको हो ।

प्रहरीका अनुसार शहिदनगर नगरपालिका १ चिरैयाका ६० वर्षीय फुलगेन ठाकुर मृत अवस्थामा फेला परेका हुन् । नहरमा फेला परेका उनको शरीर र लुगामा माटो लागेको छ ।

लुगा लगाएकाले शरीरमा चोटपटक लागेको देखिँदैन् । उनको मृत्युको कारण खुल्न नसकेको र आफन्त सम्पर्कमा आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ‌।

स्थानीय बासिन्दा शौचालयका लागि नहरमा पुगेपछि शव देखेका थिए । ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%
  • 50%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०८० माघ २५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus