जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक युवकको मृत्यू
बा २ प ७६० स्कूल बसले साईकल यात्री भारतको मधुवनी जिल्ला बस्ने तथा हाल जनकपुरमै ससुराली बस्दै आएका बर्ष २७ का ममताज कवारीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०८० माघ २५ बिहीबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक युवकको मृत्यू भएको छ ।
आज (विहिबार) विहान करिब ८ः३० बजेको समयमा जनकपुरधाम उपमहागनरपालिका वडा नं.२३ बेलापुरस्थित जनकपुरको श्रीराम बोर्डिँग स्कूलको बसले ठक्कर दिएपछि एक भारतीय युवकको मृत्यू भएको हो ।
बा २ प ७६० स्कूल बसले साईकल यात्री भारतको मधुवनी जिल्ला बस्ने तथा हाल जनकपुरमै ससुराली बस्दै आएका बर्ष २७ का ममताज कवारीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यता, स्कूल बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ बस्ने रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…