चमावि सिरहाका शिक्षक विजय पासवान पढाउन छाडेर बिचौलियागिरीमा व्यस्त, प्रअलाई छुटाउन दौडधुप

२०८० माघ २३ मंगलबार
बेलुकी ५:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  सिरहाको चन्द्र नमूना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मदुसूदन कर्णलाई ठगी मुद्दामा सिरहा प्रहरीले पक्राउ गरे पछि कर्णलाई छुटाउन विभिन्न चलखेल हुन थालेको छ।

विभिन्न राजनीतिक दलका कार्यकर्ता सहित विद्यालयका शिक्षकहरु चलखेलमा लागी परेको प्रमाण फेला परेको छ।

प्रअ कर्ण पक्राउ परे पछि आफुहरु समेत फस्ने डरले विद्यालयका एकजना शिक्षक राजनितिक दलका कार्यकर्ता सहित  चलखेल गर्न प्रहरी कार्यालय धाउन थालेको छ।

अंग्रेजी तथा स्वास्थ्य विषयका माध्यमिक तहका शिक्षक विजय कुमार पासवान भने अहिले विधार्थीलाई पढ़ाउनुको साटो उनीहरुको भविष्य सँग खेलवाड़ गर्दै  राजनितिक चलखेल गर्नमा व्यस्त रहेको  प्रमाण फेला परेको  हो।

शिक्षक पासवान प्रअ पक्राउ परे  दिन देखि नै विद्यालयमा हाजिरी रजिष्टरमा सही छाप मात्र गरेर विद्यालय समयमा  आफ्नो जिम्मेवारी कक्षा छोडेर जिल्ला प्रहरी कार्यालय सिरहाको परिसर छेउछाउको चिया पसलमा प्रहरी प्रसाशन विरुद्ध अराजक गतिविधिको तैयारीमा लागि परेको विरुद्ध सर्वत्र आलोचना हुन थालेको छ।

विधार्थीको भविष्य सँग खेलवाड़ गर्दै शिक्षक पासवान भने चिया पसलहरु वेतुक भाषण बाजीमा ब्यस्त हुन कुन कानूनले छुट  दिएको होला भन्ने गुनासो स्थानीय अभिभावहरुले गर्न थालेको छ । प्रअ पक्राउ परे  दिन देखि  विद्यालय समयमा आफु हाजिर रजिस्टरमा उपस्थित  देखाएर जिल्ला प्रहररी कार्यलय अगाडी देखा पर्नु निन्दनीय रहेको स्थानीय अभिभावकहरुको दुखेसो छ।

उता, चैत १५ गतेबाट एसईई परीक्षा शुरू हुँदै छ तर विधार्थीहरुका अनुसार आफुहरुको सिलेवस कम्प्लीट नै  गराएको प्रति विधार्थीहरु चिन्तित छन्। शिक्षक पासवानले पढ़ादै  आएका  अंग्रेजी तथा स्वास्थ्य विषयको समेत  सिलेबस आधा पनि कम्प्लीट नभएको  विधार्थीहरुको दुखेसो  छ  “अबको केही दिन भित्र बोर्ड परीक्षा शुरु  हुँदै  छ मुख्य यी दुई विषयको आधा  सिलेबस पनि कम्प्लीट नहुनु हाम्रो दुर्भाग्य हो”  विधार्थीहरु दुखेसो छ ।

देशकै दोस्रो ठूलो ऐतिहासिक विद्यालयमा यस किसिमको लापरवाही र गैर कानूनी ढंगले विद्यालय जस्तो शान्ति क्षेत्र अशान्त हुनु विद्यालय भित्र फोहरी राजनीती हुनु नै दुर्भाग्य रहेको  बुद्धिजीवी डा. प्रवीण कुमार यादवको दुखेसो  छ।

यता, गुनासोको सन्दर्भमा शिक्षिक पासवानसँग पटक पटक सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् । 

  • 0%
  • 2%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०८० माघ २३ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus