आज जनकपुरसहित देशैभरिका सिनेमा हल बन्द
संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको भन्दै विरोध गरेको छ । यस्तै, चलचित्र संघको निर्णयमा क्युएफएक्सले पनि ऐक्यबद्धता जनाएको छ ।

२०८० माघ २२ सोमबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज जनकपुरको सिनेमा हलसहित देशैभरिको फिल्च हल बन्द रहने भएको छ ।
नेपाल चलचित्र सङ्घले सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर आज देशभरका हल बन्द गरेको छ ।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करको खारेजीको माग गर्दै आज फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।
संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको भन्दै विरोध गरेको छ ।
यस्तै, चलचित्र संघको निर्णयमा क्युएफएक्सले पनि ऐक्यबद्धता जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…