उत्खनन गर्ने अवैद्य ट्रिपर उपमेयर महतोले गरिन चेकजाँच, प्रहरी ईन्सपेक्टर यादवले भगाए
ढुङ्गागिट्टी बालुवाको माफिया तस्कर खोला र अवैध खन्नेचोरहरुको संरक्षक बनेर इलाका प्रहरी गौशालाले प्रदेश २ ०२००१ ख ०० ४६–००४७ नम्बरको ट्रिपर नगर उपप्रमुखले समाउँदा विवाद सिर्जना भइरहँदा इलाका प्रहरी कार्यालयको प्रमुख यादवले नदेखेको जस्तै बहाना गरी छाडेको आरोप छ ।

२०८० माघ १९ शुक्रबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकास्थित अवैद्य उत्खनन गरी बालुवागिट्टी लग्ने ट्रिपरलाई नगर उपप्रमुखले कारवाही गर्न खोज्दा प्रहरीले छाडेको हो ।
गौशाला नगरभित्र रहेको खोलाबाट अवैद्य ढुँगागिट्टी र बालुवाको तस्करी भएपछि उपमेयर रेणु कुमारी महतोले आफैँ ट्रिपर रोकिन् । नगर उपप्रमुखको हैसियतले अवैद्य उत्खनन गर्ने ट्रिपरमध्ये बालुवा गिट्टीको रसिद, बिल नभएको खवर पाएपछि उपमेयरले ट्रिपरलाई रोकेपनि प्रहरीले छाडिदिएको बताईएको छ ।
गौशाला नगरपालिका वडा नं. १० मरहा खोलाबाट अप्रत्यासित रुपमा अवैद्यानिक तवरले उत्खनन भईरहेको खवरपछि त्यसैतर्फ जाँदै गर्दा ईलाका प्रहरी कार्यालय गौशाला अगाडी पार्क गरिएको अवैद्य ट्रिपरलाई कारवाही गर्न भन्दा गौशाला प्रहरी ईन्चार्ज मनोज यादवले भगाएको आरोप छ ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी ईन्चार्ज मनोज यादवले सो ट्रिपरलाई छाडेपछि विवाद चुलिएको हो । अवैद्य रुपमा उत्खनन गरिरहेको ट्रिपरलाई बिना कारवाही गर्दै प्रहरीले छाडेपछि उपमेयर महतोले प्रहरीको मिलोमत्तोमै उत्खनन भएको बताईन् ।
ढुङ्गागिट्टी बालुवाको माफिया तस्कर खोला र अवैध खन्नेचोरहरुको संरक्षक बनेर इलाका प्रहरी गौशालाले प्रदेश २ ०२००१ ख ०० ४६–००४७ नम्बरको ट्रिपर नगर उपप्रमुखले समाउँदा विवाद सिर्जना भइरहँदा इलाका प्रहरी कार्यालयको प्रमुख यादवले नदेखेको जस्तै बहाना गरी छाडेको आरोप छ ।
उपमेयर महतोले गोप्य सूचनाको आधारमा अनुगमन गर्दा पक्राउ गरेको सो ट्रिपरलाई गौशालाका ईन्सपेक्टर मनोज यादवले छाडेपछि उनले महिनबारी लिएको आरोप लगाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…