ज्यान मार्ने उद्योगका आरोपित धनकौल गाउँपालिकाका वडाध्यक्ष महतो धरौटीमा रिहा
यता, कारागारबाट शुक्रवार धरौटीमा रिहा भएपछि धनकौल गाउपालिका वडा नम्वर ५ हरकठवाका अध्यक्ष उदय भन्ने गजेन्द्र महतोले आफू विरुद्ध गम्भीर राजनीतिक षड्यन्त्र गरेर फसाईको पहिलो प्रतिक्रिया दिए ।

२०८० माघ १२ शुक्रबार, राति ८:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा कारागारमा रहेका धनकौल गाउपालिका ५ का वडाध्यक्ष उदय भन्ने गजेन्द्र महतोलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास विरगंजले थुनामा राख्ने मनासिव नदेखिएको भन्दै धरौटी लिई थुनामुक्त गर्ने आदेश पछि शुक्रवार कारागार मुक्त भएका छन् ।
उच्च अदालत जनकपुरको न्यायाधिश बलभद्र बास्तोला र मेहन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशले सर्लाही जिल्ला अदालतको २०८० कार्तिक २१ गते को आदेशलाई बदर गर्दै निज प्रतिबादी उदय भन्ने गजेन्द्र महतोलाई मुलुकी फौैजदारी कार्य विधि संहिता २०७४ को, दफा ६८ र ७२ समेतका आधारमा दुई लाख पचास हजार नगद वा जेथा जमानत गरी निज प्रतिवादीलाई तारेखमा रिहा गर्न विहिवार आदेश जारी गरेका थिए ।
सोही आदेशको आधारमा मलंगवा कारागारमा रहेका वडाध्यक्ष महतोको परिवारजनले शुक्रवार धरौटी राखेपछि आज रिहा भएका छन् ।
स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र) बाट महतो वडाध्यक्षमा निर्वाचित भएका थिए । केही महिना अघि गाउँमा झै झगडा हुँदा मानिसहरु घाइते हुने गरी भएको घटनामा वडाध्यक्ष महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा वडाध्यक्ष महतो विरुद्ध मुद्दा दायर भएको थियो ।
मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागारमा राखिएको थियो तर मलंगवामा कारागार उदघाटन भएपछि महतोलाई मलंगवा ल्याइएको थियो ।
गत कार्तिक २१ सर्लाही अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका थिए ।
यता, कारागारबाट शुक्रवार धरौटीमा रिहा भएपछि धनकौल गाउपालिका वडा नम्वर ५ हरकठवाका अध्यक्ष उदय भन्ने गजेन्द्र महतोले आफू विरुद्ध गम्भीर राजनीतिक षड्यन्त्र गरेर फसाईको पहिलो प्रतिक्रिया दिए ।
आफू सधै शान्तिको पुजारी भएको भएपनि जानी जानी मलाई फसाएपनि आफू कुनै पनि राजनीतिक दल प्रति पूर्वाग्रही नभएको जनता प्रति सधै नकमस्तक रहेर काम गर्ने प्रतिबद्धता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…