मोनाष्टिकले बालबालिकालाई स्कूलमा मात्र किताबी ज्ञान होईन, समाजिक ज्ञान प्रवाह गर्छः नीधि
साहका अनुसार, स्कूलभित्रै विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रबाट बनाएर ल्याउने समाजिक वस्तुहरुको प्रदर्शनी हुनेछ । विद्यार्थीहरुले सिकेको सीपमा दक्षता चेकजाँच गर्न समेत उनीहरुको लागि यो स्कूल व्यापार मेला अपरिहार्य रहने बताए ।

२०८० माघ १२ शुक्रबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता विमलेन्द्र नीधिले बालबालिकाहरुलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक र समाजिक ज्ञानतर्फ अग्रसर गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार जनकपुरको मोनाष्टिक स्कूलले आयोजना गरेको राष्ट्रिय बिद्यार्थी नवाचार शिखर समलेन २०८० मा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता नीधिले किताबी मात्र ज्ञानले बालबालिकाहरुको बौद्धिक विकास आवश्यकता भन्दा न्यून हुने गरेको बताउँदै अतिरिक्त क्रियाकलापमा सहभागीताप्रति जोड दिए ।
विद्यालयका निर्देशक डा. सोनु साहको अध्यक्षता तथा नेता नीधिको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उदघाटनमा नेता नीधिले जनकपुर जस्तो क्षेत्रमा मोनाष्टि स्कूलले दिएको शिक्षा क्षेत्रको देनलाई प्रशँसा गर्दै निरन्तर यस्ता कार्यक्रम भईरहनुपर्ने बताए ।
शुक्रबार उदघाटन गरिएको सो कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले व्यापार मेला लगाउने भएको छ । विद्यार्थीहरुलाई अहिलेदेखि नै समाजिक, व्यापारिक कुरालाई माईन्डसेट गर्नको लागि सो कार्यक्रमको आयोजना गरिएको निर्देशक डा. सोनु कुमार साहले बताए ।

साहका अनुसार, स्कूलभित्रै विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रबाट बनाएर ल्याउने समाजिक वस्तुहरुको प्रदर्शनी हुनेछ । विद्यार्थीहरुले सिकेको सीपमा दक्षता चेकजाँच गर्न समेत उनीहरुको लागि यो स्कूल व्यापार मेला अपरिहार्य रहने बताए ।
भोली व्यापार मेला प्रदर्शनीपछि दिउँसो कार्यक्रम सम्पन्न हुने विद्यालयले जनाएको छ ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह, जनकपुरधाम उद्योग वाणिज्य सँघका अध्यक्ष जीतेन्द्र महासेठ विशेष अतिथिको रुपमा सहभागी हुँदै मोनाष्टिक स्कूलले शिक्षा क्षेत्रमा दिएको नयाँ आयामको बारेमा प्रशँसा गरे । उनले गुणस्तरीय शिक्षाको लागि मोनाष्टिक स्कूलको बेग्लै पहिचान भएको बताए । उनले आफ्नो नगरभित्र यस्ता शैक्षिक सँस्था सँचालनभएको प्रति गौरवान्ति महसुस गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…