जनकपुरः एक सरकारी स्कूलमा आगो तापेर चोरी, ग्यास सिलिन्डरदेखि मसालासम्म चोरी
चोरले बिधालयको भान्सा घरमा आगो समेत तापेका छन । भान्सा कोठाको ताल्चा फोडेर चोर भित्री छिरेको प्रधानाध्यापक अजय कुमार यादवले जनाए । उनका अनुसार, चोरले करिब ४० हजार बराबरको सामग्री चोरी गरेको हो ।

२०८० माघ १२ शुक्रबार, बिहान १०:५८ बजे१ मिनेट पढाइ

बिजय ठाकुर, जनकपुरधाम । एक समुदायिक विद्यालयमा चोरले आगो तापेपछि सबै समानहरु चोरी गरेर लगेको घटना बाहिरिएको छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललिया टोलस्थित रहेको माध्यमिक विद्यालय ललियामा बुधबार राती चोरी भएको हो ।
चोरले कार्यालयमै रहेको चुल्हामा आगो सल्काएर आगो तापेपछि विद्यार्थीको खाजाको लागि ल्याएको समान चोरी गरी लगेको हो ।
चोरले विद्यार्थीहरुलाई खाजाको लागि ल्यएको सामग्री ग्यास सिलिन्डर २ थान , प्रेसर कुकर २ थान , चामल ३० किलो , ग्यास चुल्हा ठूलो १ थान , कराह १ थान , बाल बिकास विद्यार्थीहरुको लागि ल्याएको झोला २० थान , मसालाहरु चोरी गरी लगेको हो ।
चोरले बिधालयको भान्सा घरमा आगो समेत तापेका छन । भान्सा कोठाको ताल्चा फोडेर चोर भित्री छिरेको प्रधानाध्यापक अजय कुमार यादवले जनाए । उनका अनुसार, चोरले करिब ४० हजार बराबरको सामग्री चोरी गरेको हो ।
सोही विद्यालयमा रहेको कम्प्युटर ल्याब , पुस्तकालय र विज्ञान प्रयोशाला भने सुरक्षित रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…