खाना र कपडा बिना ब्राह्मण पुरोहित बेसहारा
न्यूज ब्यूरो, जलेश्वर । मधेश प्रदेश महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वडा नम्बर १० मरुवाही निवासी पुलकित मिश्र को ६० वर्षको छोरा जय कुमार मिश्र खाना र कपडा बिना बेसहारा बनेका छन्। माघ ८ गते सोमबार (२२ जनवरी) को जय श्री राम, जय सियाराम को नारा लगाउँदै बाटोमा हिँड्दै गर्दा उनले दुःखद कहानी बताएक

२०८० माघ १० बुधबार, बेलुकी ६:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । मधेश प्रदेश महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वडा नम्बर १० मरुवाही निवासी पुलकित मिश्र को ६० वर्षको छोरा जय कुमार मिश्र खाना र कपडा बिना बेसहारा बनेका छन्। माघ ८ गते सोमबार (२२ जनवरी) को जय श्री राम, जय सियाराम को नारा लगाउँदै बाटोमा हिँड्दै गर्दा उनले दुःखद कहानी बताएको हो ।
मिश्र विगत ४४ वर्ष देखि पूरोहित पेसामा आबद्ध भएर दर्जनौं गाउँमा पूजा पाठ गराउँदै आएको थियो। त्यही आम्दनीले घर परिवार चलाउँदै आएकोमा शारिरिक असक्षमता भएपछि उनलाई खान र लगाउन धौधौ परेको हो ।
“अचानक २ वर्ष देखि मिश्र को आँखामा रोग लागेको छ आँखा बाट हेर्न सक्नुहुन, अहिले गाउँ घरमा मागेर जीवन पालन गर्दै आएको छ। यति चिसो हावापानी मा लगाउनको लागि न्यानो कपडा छैन खाना पकाउन घर चावल दाल तरकारी छैन, एउटा श्रीमती र चार छोरी दुई छोरा सहित घरमा आठ जना परिवारमा छ। मिश्र विरामी भएपछि परिवार बेसहारा बनेका छन्” ।
स्थानीय सरकार संग सहयोग माग्दा बजेट विनियोजन नभएको जवाफ दिएको मिश्रको भनाई छ। नेपाल सरकार र दातालाई सहयोग गर्नको लागि पुरोहितको श्रीमती गौरी देवीले अनुरोध गरेकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…