सिरहामा पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति
आगलागी हुनुको कारण अहिलेसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयवासी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

२०८० माघ ९ मंगलबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक पसलमा आगलागी हुँदा झण्डै एक करोड बराबरको क्षति भएको छ ।
नरहा गाउँपालिका वडा नम्बर २ पानवारी चोकस्थित लक्ष्मी जेनरल स्टोरमा सोमबार साँझ आगलागी भएको हो ।
आगलागीबाट पसलमा रहेको ७० लाख बराबरको सरसामान जलेर नष्ट हुनुका साथै घर पनि क्षतिग्रस्त बनेको छ ।
आगलागी हुनुको कारण अहिलेसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीयवासी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…