रामको गृहप्रवेशको अवसरमा शहिदनगरमा भव्य धार्मिक रैली, सर्वदलित नेताहरु सहभागी
शहिदनगर नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, नेपाली काँग्रेसका नेता, एमालेका नेता, माआवोदीका नेता कार्यकर्ताहरुले सौहार्दपूर्ण रैली निकालेको थियो । रैली यदुकूहा बजार क्षेत्रको विभिन्न गल्ली, धार्मिक स्थलको परिक्रमा गरेको नगर प्रमुख दिनेश प्रसाद यादवले बताए । उनले भगवान रामले बर्षौपछि आफ्नो घर फर्कीदा खुसीको सीमा नरहेको बताए ।

२०८० माघ ८ सोमबार, बेलुकी ५:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्था मानिएको राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा धनुषाको शहिदनगर नगरपालिकामा भव्य रैली निकालिएको छ ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवको अगुवाईमा शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा बजार क्षेत्रमा भव्य रैली निकालिएको हो ।
भगवान रामको प्राण प्रतिष्ठा चलिरहँदा यदुकूहामा विभिन्न राजनीतिक दलका अगुवाहरु, नेता, कार्यकर्ता र सर्वसाधारण, श्रद्धालुहरुको सयौँको सँख्यामा रैली निकालिएको हो ।
बर्षौपछि भगवान रामले आफ्नो मन्दिर पाएको उत्साह भन्दै मेयर यादवले यदुकूहा बजार क्षेत्रमा रयाली निकाल्ने प्रस्ताव गरेका थिए । सोही बमोजिम विभिन्न दलका नेता कार्यकर्ताहरुले समेत सर्वदलिय खुसीयालीले रैली निकालिएको थियो ।
शहिदनगर नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, नेपाली काँग्रेसका नेता, एमालेका नेता, माआवोदीका नेता कार्यकर्ताहरुले सौहार्दपूर्ण रैली निकालेको थियो ।
रैली यदुकूहा बजार क्षेत्रको विभिन्न गल्ली, धार्मिक स्थलको परिक्रमा गरेको नगर प्रमुख दिनेश प्रसाद यादवले बताए । उनले भगवान रामले बर्षौपछि आफ्नो घर फर्कीदा खुसीको सीमा नरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…