पर्साको बहादुरमाई नगरपालिकाभित्र माछा, मासु र पशुपन्क्षी वध निषेध
छिमेकी मुलुक भारतको उत्तर प्रदेश अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले सो दिन सनातनीहरुको उत्साहलाई मध्यनजर गर्दै माघ ७ गतेदेखि ८ गतेसम्म माँसहारी वस्तु विक्री वितरण गर्न निषेध गरिएको हो । नगर प्रमुख सिँगासन सा तेलीले एक सूचना जारी गर्दै सो दिन सार्वजनिक स्थलहरु, बजार, पसलमा समेत यस्ता प्रकार वस्तुहरु विक्री वितरण नगर्न अनुरोध गरेको हो ।

२०८० माघ ५ शुक्रबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशस्थित पर्सा जिल्लाको बहादुरमाई नगरपालिकामा दुई दिन पशुपन्क्षी वध र माछा मासु तथा मदिरा विक्री वितरणमा रोक लगाईएको छ ।
छिमेकी मुलुक भारतको उत्तर प्रदेश अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले सो दिन सनातनीहरुको उत्साहलाई मध्यनजर गर्दै माघ ७ गतेदेखि ८ गतेसम्म माँसहारी वस्तु विक्री वितरण गर्न निषेध गरिएको हो ।
नगर प्रमुख सिँगासन सा तेलीले एक सूचना जारी गर्दै सो दिन सार्वजनिक स्थलहरु, बजार, पसलमा समेत यस्ता प्रकार वस्तुहरु विक्री वितरण नगर्न अनुरोध गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…