जनकपुरः होटलको आडमा हुने यौन विकृति बन्द गरिने
नगर क्षेत्रमा यौन विकृति बढेको भन्दै त्यसलाई निर्मुल पार्न स्थानीयले बुधबार नगरप्रमुख, इलाका प्रहरी कार्यालय र वडा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यौन विकृतिले गाउँ समाजमा नराम्रो असर परेकाले तत्कालै बन्द गराउन स्थानीयले माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

२०८० पुस २७ शुक्रबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । होटल तथा गेष्ट हाउसको आडमा हुने गरेको यौन विकृति रोक्न धनुषाको मिथिला नगरपालिकाले कडा कदम चाल्ने भएको छ ।
होटलमा महिला कामदार राख्ने तथा गेष्ट हाउसमा कोठा उपलब्ध गराएर यौन व्यवसाय सञ्चालन हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न लागेको हो ।
नगरस्तरीय सुरक्षा संयन्त्रको बसेको बैठकले होटल, गेष्टहाउस र डान्सबारको आडमा अवैध यौनजन्य गतिविधिलाई नियन्त्रण गर्ने निर्णय भएको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले बताए ।
उनले अनुगमन गरी विकृतिजन्य क्रियाकलाप सञ्चालनमा सक्रिय रहेको पाइएमा त्यस्ता होटल तथा गेष्ट हाउसलाई कानुनअनुसारको कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको उनले जानकारी दिए ।
उनले होटल खोलेर यौन विकृति फैलाउन व्यवसायीसँगै विकृती फैलाउने गरी होटललाई भाडा दिने घरधनीलाई पनि कारवाही गरिने बताए ।
नगर क्षेत्रमा यौन विकृति बढेको भन्दै त्यसलाई निर्मुल पार्न स्थानीयले बुधबार नगरप्रमुख, इलाका प्रहरी कार्यालय र वडा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यौन विकृतिले गाउँ समाजमा नराम्रो असर परेकाले तत्कालै बन्द गराउन स्थानीयले माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…