लाखौँको काँचो काठ र चिरपट पक्राउ
जंगल बाट चोरी कटान गरि काठ तस्कर हरुले अबैध रुपमा काचो रुख पडानी गरि ल्याई चिरपट दाउरा बनाई लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीको कमाण्डमा गएको टोली काठको चिरपट दाउरा बरामद गरेका छन।

२०८० पुस २४ मंगलबार, दिउँसो ४:५७ बजे१ मिनेट पढाइ

राजन कुमार बानिया, वीरगँज । पर्साको पर्सागढी नगरपालिका वडा नं ७ छठीघाट बह्रमबाबा नजिक खोलाको छेउमा छुटा छुटै दुई ठाउँमा लाखौ मूल्यको काचो काठको चिरपट दाउरा आज (मँगलबार) बिहान प्रहरीले बरामद गरेको छ।
जंगल बाट चोरी कटान गरि काठ तस्कर हरुले अबैध रुपमा काचो रुख पडानी गरि ल्याई चिरपट दाउरा बनाई लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीको कमाण्डमा गएको टोली काठको चिरपट दाउरा बरामद गरेका छन।
यसको जानकारी पाएपछी सो ठाउँमा ईप्रका एकटनगा ,डिभिजन बन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादव र बिन्दबासनी ,कोइलाभार बढनिहार साझेदारी का अध्यक्ष रिजवान आलमको टोली पुगेर चिरपट दाउरालाई बढनियार वनबाट टर्याक्टर मंगाई तीन बोगी दाउरा डिभिजन बन कार्यालय बढनिहार पठाएका छन।
काठ तस्करहरुले सो चिरपट दाउरा चोराई लुकाई स्थानिय ईटाभठा हरुमा लगनको लागी राखिएको स्थानियहरुको आशंका रहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…