मिटरब्याज पीडित माथि खुकुरी तेर्साउने पुरुष पक्राउ
‘कामतीले अर्कै साहुसँग ऋण लिएको भन्ने छ। ऋण लिँदा घर पास गरेर दिए, ऋण लामो समयसम्म फिर्ता नभएपछि साहुले घर बेचिदिएका रहेछन्,’ डिएसपी बस्नेतले भने, ‘त्यसैबीच सञ्जयकुमार घरमा जाँदा त्यो घटना भएको बुझिएको छ। हामीले छलफल गर्न कामतीलाई पनि बोलाएका छौं।’

२०८० पुस २४ मंगलबार, दिउँसो ४:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिराहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो।
पक्राउ पर्नेमा सोही ठाउँका राम नारायण सिंह (अरङ) रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
सोमबार साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको छ। यसरी भिडिओ भाइरल बनेपछि प्रहरीले मंगलबार साहलाई नियन्त्रणमा लिएको हो।
डिएसपी बस्नेतका अनुसार मिटरब्याजसम्बन्धी उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिराहामा दुई पक्षबीच छलफल चलिरहेको छ।
कामतीले आफ्नो घर मिटरब्याजीले बेचिदिएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए। त्यसबारे प्रशासनमा छलफल समेत भइरहेको थियो।
सोमबार कामती उक्त घरमा प्रवेश गर्न खोजेको डिएसपी बस्नेतले बताए। साह परिवारले भने उक्त घर किनेको बुझिएको बस्नेतले बताए।
‘कामतीले अर्कै साहुसँग ऋण लिएको भन्ने छ। ऋण लिँदा घर पास गरेर दिए, ऋण लामो समयसम्म फिर्ता नभएपछि साहुले घर बेचिदिएका रहेछन्,’ डिएसपी बस्नेतले भने, ‘त्यसैबीच सञ्जयकुमार घरमा जाँदा त्यो घटना भएको बुझिएको छ। हामीले छलफल गर्न कामतीलाई पनि बोलाएका छौं।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…