जनकपुरमा विशाल ट्राफिक सचेतना रयाली, ओर्ले हजारौँ विद्यार्थी
न्यूज ब्यूरो | जनकपुरधाम, २२ जेठ । "सडक सभ्यता तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना रयाली" ट्राफिक सचेतना हेतु जनकपुरमा आज निकालिएको विशाल रयालीमा हजारौँ विद्यार्थी ओलिए । जनकपुरमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम सम्बन्धिको प्लेकार्ड बोकी जनकपुरको समुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरु

२०७५ जेठ २२ मंगलबार, बिहान ११:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २२ जेठ । "सडक सभ्यता तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना रयाली" ट्राफिक सचेतना हेतु जनकपुरमा आज निकालिएको विशाल रयालीमा हजारौँ विद्यार्थी ओलिए ।
जनकपुरमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम सम्बन्धिको प्लेकार्ड बोकी जनकपुरको समुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरु भारी सँख्यामा ओर्लेको देखियो ।

प्रदेश २ को अस्थायी राजधानीको रुपमा रहेको जनकपुरको रामानन्दचोकदेखि ट्राफिक प्रहरी कार्यालय जिरोमाईलसम्म निकालिएको उक्त विशाल रयालीलाई जनकपुरका मेयर लालकिशोर साहले बैलुन उडाएर सन्देशमूलक उद्घाटन गरेका थिए ।
विशाल रयालीमा स्थानीय प्रशासन, विद्यालय प्रशासन, विद्यार्थी, युवा, आम नागरिक, सर्वसाधारणको भीड उम्रेको थियो ।
रयालीको कोणसभामा बोल्दै सरोकारबालाहरुले धनुषामा ट्राफिक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

यता, रयालीलाई प्रदेश नं. २ का प्रमुख प्रमख दिनेश अमात्यले समापन गरेका थिए भने टरफिक प्रमुख दीप कुमार साहले जनकपुरको ठाउँ ठाउँमा पार्किङगको व्यवस्था गर्ने आश्वासन दिए ।
जनकपुर प्रदेशको अस्थायी राजधानी रहेकोले ट्राफिक व्यस्थापन कार्य जनकपुरबाटै गर्नुपर्नेमा जोड दिइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…