धनुषाको जनकनन्दिनीमा खजुरी प्रहरीले गर्यो गाँजा खेती नष्ट
आईतबार करिब १ः०० बजेको समयमा प्रहरी चौकी बनरझुलाको सहयोगमा खेतबारीमा आफैँ उम्रेको गाँजाको बोटहरु नष्ट गरेको हो । बनरझुला र फूलबरिया गरी ६५० वटा गाँजाको बोट नष्ट गरिएको ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज ईन्सपेक्टर राजकुमार भट्टले जानकारी दिए ।

२०८० पुस २२ आइतबार, बेलुकी ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ स्थित प्रहरीले गाँजा खेती नष्ट गरेको छ ।
आईतबार ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टको कमाण्डमा गएको प्रहरी टोलीले जनकनन्दिनी गाउँपालिका वडा नं. १ फूलबरिया बाँधस्थित गाँजा खेती नष्ट गरेको हो ।
आईतबार करिब १ः०० बजेको समयमा प्रहरी चौकी बनरझुलाको सहयोगमा खेतबारीमा आफैँ उम्रेको गाँजाको बोटहरु नष्ट गरेको हो । बनरझुला र फूलबरिया गरी ६५० वटा गाँजाको बोट नष्ट गरिएको ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज ईन्सपेक्टर राजकुमार भट्टले जानकारी दिए ।
सरकारले प्रतिबन्धित लागू औषध सूचिमा राखिएको गाँजालाई गोप्य जानकारीको आधारमा गाँजा खेती नष्ट गरिएको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…