धनुषाः बाल्यकालमै भागेका एक पुरुष ३४ वर्ष पछि आफ्नो गाउँ फर्केपछि...
नौसय विघा सेवा समाज समूहको संयोजक बिजय कुमार मण्डल बारम्बार असहायलाई सहयोग गर्दै आएका छ्न् । उनकै जेठो दाजु राम हृदय मण्डल रहेकोमा उनलाई समेत समाजिक सँजाल मार्फत सम्पर्क भई घर फर्काउन सफल भएको हो ।

२०८० पुस १० मंगलबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । घरबाट बाल्यकालमै भारत पुगेका एक पुरुष ३४ बर्षपछि आफ्नो गाउँ फर्केपछि रुवाबासी चल्यो ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ दक्षिणववारी टोल नौसय बिघा स्थित एक जना ३४ वर्ष पछि गाउँ फर्किएपछि उनलाई हेर्नेको भीड लाग्यो ।
नौसय बिघा बस्ने बिन्दी मण्डलको जेठो छोरा राम हृदय मण्डल करिब ३४ वर्ष पहिले साथिकै लहैलहैमा परी भारत तर्फ कमाउन जाँदा सम्पर्कविहिन भएका थिए ।
“मैले मामा गाउँ बाट एउटा ज्यन्ती गएको जयन्ती बाटै एक जना साथै संगै हसाम कमाउन गएको त्यहाँ मेरो मानसिक स्थिति बिग्रीयो घर आउन मन लागेन अनि उतै बसे तर यस पाली घर जान भगवानको कृपयाले घर फर्केका छौँ अब यहि बस्छौं ।”– मण्डलले भने ।
नौसय विघा सेवा समाज समूहको संयोजक बिजय कुमार मण्डल बारम्बार असहायलाई सहयोग गर्दै आएका छ्न् । उनकै जेठो दाजु राम हृदय मण्डल रहेकोमा उनलाई समेत समाजिक सँजाल मार्फत सम्पर्क भई घर फर्काउन सफल भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…