धनुषामा पुनः एक युवकको बेबारिसे शव फेला
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरीटोलि घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारीमा रहेको छ । कसरी मृत्यु भएको छ भन्ने अहिले यो घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० मंसिर २१ बिहीबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विगत केही दिनदेखि अपराधिक गतिविधिमा बृद्धि भएको छ । निरन्तर दिनहुँ अपराधिक गतिविधि भईरहेको बेला बुधबार एक युवकको शव फेला परेको छ ।
धनुषा जिल्लाको सबैलामा एकजना मृत अवस्थामा शाव फेला परेको हो । सबैला नगरपालिका वडा नम्बर ९ सतोषरका ४५ वर्षीय रामशंकर राय आज राति करिब साझ ८ बजे मृत फेला परेका हुन् ।
स्थानीयका अनुसार उनी सबैला नगरपालिका वडा नम्बर २ स्थित नालामा मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरीटोलि घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारीमा रहेको छ ।
कसरी मृत्यु भएको छ भन्ने अहिले यो घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…