Close This

जनकपुर क्षेत्रमै पहिलो पटक 'कल्चरल भिलेज' सँचालनमा, गाउँ क्षेत्रमै जँगलको मज्जा 

२०८० मङ्सिर २० बुधबार
बेलुकी ७:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्रमा पहिलो पटक जँगलको मज्जा दिने गरी कल्चरल भिलेज सँचालनमा आएको छ । 

जनकपुरधामदेखि धनुषाधाम जाने बाटोमा मिथिलेश्वर मौवाहीस्थित “कल्चरल भिलेज” सँचालनमा आएको हो । जनकपुर–धनुषाधाम सडकखण्डस्थित पीच सडकमै मिथिलेश्वर चौकदेखि पश्चिम रिसोर्ट खालको कल्चरल भिलेज सँचालनमा आएको हो । 

“जहाँ अतित वर्तमानसँग मिल्छ” नारासहित शहरिया बसोबास गर्ने व्यक्तिहरुको रिल्याक्सेन, रिफ्रेसमेन्टको लागि सो कल्चरल भिलेज उत्तम स्थान हुने सँचालक देवनारायण मण्डलले बताए । मण्डलका अनुसार, शहर बसोबास गर्ने परिवारले गाउँ तर्फ आउँदा, धार्मिक स्थल घुमघामको लागि आउँदा पुरानो रितिरिवाज, परम्पारिक, पुरानो स्वाद र व्यञ्जनहरुको मज्जा यसमै लिन सकिने बताए । 

कल्चरल भिलेजमा ठुल ठुला पोखरी, रिसोर्ट, बागवानी, तरकारी, सभाहल, बगैँचासहित राती बास बस्नको लागि फूसकै घरमा उत्तम सुविधा पाउने जनाएको छ । कल्चरल भिलेजमा जाने अतिथिको लागि पोखरीमा आफैँ बल्छी (बन्सी) ले माछा मारेर आफैँ बनाउन सकिने, क्याम्प फायर बालेर पार्टी गर्न सकिने, शाकाहारी र माँसाहारीको लागि अलग अलग क्याम्पको व्यवस्था गरिएको छ । 

यससँगै राती वास बस्ने अतिथिहरुको आग्रहमा झिझिया नाच, झरी झरी लगायतका नाचगानहरु समेत देखाईने मण्डलले जनाए । उनका अनुसार, कम्तीमा १० जना अतिथि भए नाचगानको व्यवस्था गरिनेछ । त्यसको लागि चारैतर्फ लाईट जडान गरी नाचगानको बेग्लै स्थल बनाएको हो । 

बीचमा नाचगान हुने तथा चारैतर्फ अतिथिहरु बसेर साँस्कृतिक कार्यक्रमको आनन्द लिन सकिने बताए । कल्चरल भिलेजमा जाने अतिथिको लागि रिसोर्टभित्रै लगाईएको शुद्ध अर्गानिक खेतीको तरकारी, दाल र अन्य परिकारहरु खान पाउने बताए । 

शाकाहारीको लागि दाल, भात, चटनी, अचार, पापड, तिलौरी, तिसौरी, बिरियाको सब्जी, कुम्हरौरीको सब्जी, अदौरीको सब्जी, पुदिनाको चटनी, धनियाँको चटनीसहित अतिथिको डिमाण्डको आधारमा खाना तयार गरिने बताए । माँसाहारी अतिथिको लागि भने बेग्लै सम्पूर्ण व्यवस्था गरिएको बताए । 

उनका अनुसार, कल्चरल भिलेजभित्रै सम्पूर्ण समानहरु समेत पाईने भएकोले अतिथिले आफैँ कुनै परिकार बनाउन चाहेमा बनाउन सकिने बताए । त्यसवापत उनले समानको मात्र शुल्क तिर्नुपर्ने बताए । 

कल्चरल भिलेजभित्रै झुला, पिँग, म्यूजियम समेत सजाउन लागिएको हो । कल्चरल भिलेजमा चिया, कफी, छनका, काढा समेत माटोको वर्तन प्रयोग हुने बताए । उनले शितल जल भनिने घैँटाको पानी अतिथिले रुचाए अनुसार खान सकिने बताए । 

बाहिरबाट आउने अतिथिहरुको लागि बैलगाडामा गाउँ घुमाउने रोचक हुने बताए । उनले खास प्रोफेश्नल व्यक्ति, परिवारको लागि उत्तम स्थान हुने बताए । भित्रै सँचालन गरिएको रेष्टुरेन्टमा आफूखुसी परिकारहरु पाउने बताए । 

नयाँ बर्ष २०२४ को लागि तयारी सुरुः

अँग्रेजी नयाँ बर्ष २०२४ को लागि कार्यहरु धमाधम सुरु भएको बताए । उनले बाहिरबाट पिकनिक मनाउन आउने अतिथिहरुको लागि पोखरीको डील, खेत, गोहिया समेत उपलब्ध गराउने बताए । पिकनिक मनाउनको लागि अन्य विभिन्न स्थानमा जानुभन्दा यसभित्रै जँगलको आनन्द लिन सकिने बताए । उनले अतिथिहरु राती बास बसेमा बिहानै विभिन्न चराचुरुँगीहरु समेत देखाउने व्यवस्था मिलाएको बताए । 

कल्चरल भिलेजभित्रै केरा, अम्बा, अँगुर, आँप, ड्रागन फ्रुट लगायतका फलफूलहरु लगाएकोले ताजा फलको समेत आनन्द लिने सकिने बताए । सँचालक मण्डलका अनुसार, जनकपुर घुम्न आउने पर्यटक, जनकपुरबाट धनुषाधाम घुम्न जाने पर्यटकले कल्चरल भिलेजभित्रै अनेकौँ स्वाद चाख्न पाउने बताए ।  

  • 70%
  • 1%
  • 1%
  • 0%
  • 0%
  • 0%

रास्वपालाई अर्को झट्काः बागमति प्रदेशकी सँस्थापक सदस्य उर्मिलाले पनि त्यागिन रास्वपा 

  • २०८० मङ्सिर २० बुधबार

न्यूज ब्यूरो, काठमान्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बागमति प्रदेशकी सँस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला) ले पदबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। बुधबार केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै

पूरा पढ्नुहोस्

Bureau Menus