न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।
महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।
महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु यादवले किर्ते हस्ताक्षर गरेको पाइएको हो ।
मंसिरमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका यादवले ४ महिना अगाबै सम्सीमा प्रशासकीय अधिकृतको रुपमा सिफारिस गरेको पाइएको छ ।
०७८ अषाढ १३ गते मल बिक्रेताको लागि कृषि समग्री कम्पनी लि। र साल्ट ट्रेडिङ कोपोरेशन लि। जनकपुरलाई यादवले प्रशासकीय अधिकृतको रुपमा हस्ताक्षर गरी पत्रचार गरेको पाइएको छ । यादवले पत्रचार गरेको मितिमा सम्सी गाउँपालिकामा शम्भु ठाकुर प्रशासकिय अधिकृत थिए ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट सम्सीमा सरुवा भएर आएका ठाकुर ०७८ अषाढ ११ गते हाजिर भएको पत्र मन्त्रालयलाई पठाएका थिए ।
मन्त्रालयमा ठाकुरले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको जानकारी गराएको तीन दिनपछि अधिकृत यादवले गाउँपालिकाको लेटर प्याडलाई दुरुपयोग र किर्ते गरी मलको सिफारिस गरेको पाइएको छ । तर, यादवले आफुलाई गाउँपालिकाका उप प्रमुखले निमित प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर बैठकमा सहभागि गराएपछि हस्ताक्षर गरेको बताए ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले सम्सी गाउँपालिकामा स्वास्थ्य सेवा आयुर्वेद समुह, अधिकृत सातौ तहमा कार्यरत संजय बाबु यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने ०७८ मंसिर १३ गते यादवलाई जिम्मेवारी दिइएको छ ।
मल सिफारिस समितिका संयोजक एवम् सम्सी गाउँपालिकाकी उप प्रमुख नगिना देवीको अध्यक्षतामा ०८७ अषाढ १३ गते बसेको बैठामा प्रमुख प्रशासकीय अधिकृतको पदमा यादवलाई सहभागि गराइएको थियो ।
उप प्रमुख यादवले आफु निकट ६ वटा सहकारी संस्थालाई मल उपलब्ध गराउन गाउँपालिकामा प्रशासकीय अधिकृत शम्भु ठाकुर हुदाहुदै यादवलाई निमित बनाएर सिफारिस गरेको पाइएको हो ।
उप प्रमुखले यादवले सम्सी–६ का सफल उपभोक्तासहकारी लि।, सम्सी–३ का कालि माई उपभोक्ता सहकारी संस्था लि., सम्सी–७ आँगन उपभोक्ता सहकारी संस्था ली र सम्सी–४ माँ जानकी उपभोक्ता सहकारी संस्था लीलाई मल बिक्रेता छनौट गरिएको छ ।
बैठकमा समितिका सदस्य सचिव कृषि शाखा प्रमुख संतोष महतोको उपस्थिति गराइएको छैन । स्थानीय तहमा नेपाल सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने मल आपुर्ती तथा वितरण व्यवस्थापन प्रभावकारी बनाउन उप प्रमुख संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा प्रमुख प्रसकिय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।
अधिकृत यादवले हस्ताक्षर गरेको समय अनुसार त्यतिबेला सो गाउँपालिकामा शम्भु ठाकुर अधिकृत रहेका थिए । यस अनुसार, एउटै समयमा एउटै गाउँपालिकामा दुई जना प्रमुख प्रशाकीय अधिकृत रहेको देखिएको छ ।
टुडेपाटीबाट