कमला स्नानको क्रममा मोसा चोरी, कमलामाईको मानता गर्दा एक घण्टाभित्रै चोरसहित मोटरसाईकल फेला
प्रहरीले मण्डललाई मुद्दा गर्नको लागि अपिल गरेपनि समय अभावको कारण मुद्दा नगरेको बताए । यता, ईलाका प्रहरी कार्यालय खजुरीले यस घटनाबारे अनभिज्ञता प्रकट गरे । प्रहरी चौकी ईनर्वाको टोलीले दुवै जनालाई पक्राउ गरेको थियो ।

२०८० मंसिर १२ मंगलबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कार्तिक पूर्णिमाको अवसरमा कमला स्नान गर्न कमला नदी पुगेका एक युवकको मोटरसाईकल चोरी भएपछि एक घण्टाभित्रै फेला परेको हो ।
सोमबार कमला स्नानको लागि धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनर्बा घाट पुगेका धनुषा हँसपुर नगरपालिका वडा नं. ८ झटियाही बस्ने ओम प्रकाश मण्डलको मोटरसाईकल चोरी भएको थियो ।
मोटरसाईकल पार्किँग गरेर स परिवारसहित कमला स्नान गर्न गएका मण्डलको ज ६ प ४७४५ नम्बरको सुजुकी हयाते मोटरसाईकल गायब भएको थियो । परिवारसहित पुगेका मण्डलले मोटरसाईकल चोरी भएपछि भ्रमित भएका थिए । उनले कमलामाईलाई प्रसाद भाकल गरेपछि केही बेरमै मोटरसाईकलसहित दुई चोर समेत पक्राउ परेको बताउँछन् ।
केही मिनेटमै नेपालबाट भारत छिराउने योजनामा रहेका दुई चोरलाई स्थानीय प्रहरीको सहयोगमा तत्कालै पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जना जनकनन्दिनी गाउँपालिका वडा नं. ६ कठालको युवक रहेको बताइन्छ ।
प्रहरीले मण्डललाई मुद्दा गर्नको लागि अपिल गरेपनि समय अभावको कारण मुद्दा नगरेको बताए । यता, ईलाका प्रहरी कार्यालय खजुरीले यस घटनाबारे अनभिज्ञता प्रकट गरे । प्रहरी चौकी ईनर्वाको टोलीले दुवै जनालाई पक्राउ गरेको थियो ।
मण्डलका अनुसार, मोटरसाईकमा विद्युतिय सिस्टम बेग्लै लगाएका हुँदा आफू बाहेक अन्य कोहीले पनि चलाउन नसक्ने भएपछि चोरहरु फेल भएको हुन सक्ने बताए । उनले कमलामाईको भाकल गर्दा उनकै कृपाले मोटरसाईकल केही बेरमै भेटाएको भन्दै आस्था प्रकट गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…