पञ्चायतमै महिलालाई कपडा च्यातेर कुटपिट गरेपछि.....
न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । धनुषामा एक महिला उपर हदैसम्म दुव्र्यवहार गरिएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ९ लालगढमा एक महिलालाई कपडा च्यातेर निर्घात कुटपीट गरिएको छ । शनिवार विहान गाउँमै स्थानीय जनप्रतिनिधि, महिला र समाजकै बिचमा भइरहेको छलफलमा मनोज लामाकी श्रीमती २८ वर्षीया मन्दिरा लाम

२०७५ जेठ १९ शनिबार, बेलुकी ६:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १९ जेठ । धनुषामा एक महिला उपर हदैसम्म दुव्र्यवहार गरिएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ९ लालगढमा एक महिलालाई कपडा च्यातेर निर्घात कुटपीट गरिएको छ ।
शनिवार विहान गाउँमै स्थानीय जनप्रतिनिधि, महिला र समाजकै बिचमा भइरहेको छलफलमा मनोज लामाकी श्रीमती २८ वर्षीया मन्दिरा लामालाई लुगासमेत च्यातचुत पारेर निर्घात कुटपीट भएको हो ।
स्थानीय एक युवतीको बाहिरको केटासंग हिमचिम रहेको र उक्त हिमचिम गराउन मन्दिराकै मुख्य भूमिका रहेको स्थानीयहरुको आरोप छ ।
त्यहि विषयका छलफलमा आरोप प्रत्यारोप भएपछि आफन्त र स्थानीय छरछिमेकसमेतले सार्वजनिक रुपमै निर्घात कुटपीट गरेका हुन् ।
कुटपीटबाट घाइते भएकी मन्दिराको उपचार ढल्केवरको एक क्लिनिकमा भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार कुटपीटको क्रममा मन्दिराको लुगाकपडा पनि च्यातिएको छ ।
त्यस्तै स्थानीय युवतीसंग हिमचिम रहेको आरोपीत युवक सप्तरीको कञ्चनरुप नगरपालिका १२ का भीमनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता यस घटना विषयमा त्यस वडाका वडाध्यक्ष दीपक जंगथापाले आफु उक्त छलफलमा पुग्नु अघि नै छलफलको क्रममा आरोपप्रत्यारोप हुँदा महिलामाथि कुटपीट भएको बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…