जनकपुरः बुबाले झपारेपछि रेल चढी घर छाडेर भाग्दै थिए बालक, प्रहरीले गरे उद्धार
सत्यमले साईकल पञ्चर गरेर आएपछि बुवाले उनलाई झपारेको तथा एक झापड हानेको भन्दै रिसमा उनी घर छाडेर भागेको बयान प्रहरी समक्ष दिएको विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने स्थानीय शिक्षक श्रवण कुमार सहनीले न्यूज ब्यूरोलाई बताए ।

२०८० कार्तिक ३ शुक्रबार, दिउँसो १२:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वेबाट एक बालकलाई उद्धार गरिएको छ । धनुषा प्रहरीले बालकलाई नियन्त्रणमा लिएर उद्धार गरेको हो ।
बुवाले झपारेपछि घर छाडेर भारत तर्फ भाग्दै गर्दा उनलाई धनुषाको विदेह नगरपालिकाको दुहबी हल्ट स्टेशनबाट नियन्त्रणमा लिएको हो ।
साईकल पञ्चर भएपछि बुवाले झपारेको भन्दै उनी दिक्क लागेर घर छाडेर भाग्दै गरेको अवस्थामा यात्रुहरुले सूचना दिएपछि उनलाई नियन्त्रणमा लिएको बताईएको छ । प्रहरी चौकी दुहबी एवम् रेल्वे प्रहरीले सूचना प्राप्त भए लगत्तै एक्सन लिएका थिए ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ४ सुगा बस्ने स्थानीय फिरन झाको अन्दाजी १३ बर्षिय छोरा सत्यम झा घर छाडेर भाग्दै गर्दा प्रहरीले उद्धार गरेको हो ।
सत्यमले साईकल पञ्चर गरेर आएपछि बुवाले उनलाई झपारेको तथा एक झापड हानेको भन्दै रिसमा उनी घर छाडेर भागेको बयान प्रहरी समक्ष दिएको विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने स्थानीय शिक्षक श्रवण कुमार सहनीले न्यूज ब्यूरोलाई बताए ।
सत्यम बिना पैसाको जलेश्वरबाट बस चढेर जनकपुर आएका थिए । उनी रेल्वेमा समेत बिना टिकटकै एस्सी बोगीमा चढेपछि उनलाई सोधपुछ गर्दा उनले सबै कुरा बताएका थिए ।
सत्यमलाई मुचुल्का गरी र यकिन गरी उनको परिवारलाई हस्तान्तरण गरिने जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…