बोर्डरमा गाउँपालिका अध्यक्ष 'दिपिनदेव यादव' जो एक्लै गौ तस्करलाई लखेटेर भगाउँछन् भारत
“हाम्रो धर्म सँस्कृति बेग्लै छ, गाई राष्ट्रिय जनावर पनि हो । गाई हाम्रो धर्म सँस्कृतिसँग जोडिएको प्राणी मात्र नभई सनातन धर्मको अभिन्न अंश पनि हो । गौ रक्षाको लागि म विगतदेखि नै सक्रिय छु । जनप्रतिनीधि भएपछि मैले मात्र त्यस्तो गरेको होईन् । हाम्रो एरियामा तपाई कसैलाई सोध्नुहोला, गौ तस्करलाई म लखेटी लखेटी भगाउने गरेको छु ।”– उनले भने ।

२०८० असोज १९ शुक्रबार, बेलुकी ५:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनावर समेत रहेको गाई रक्षाको लागि विभिन्न संघ सँस्थाहरु प्रयासरत रहँदा पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव एक्लै सीमामा गाई तस्करी रोक्न अहोरात्र खट्ने योद्धाको रुपमा चिन्छिन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित अध्यक्ष दिपिनदेव यादव विगतदेखि नै सीमामा चोरीलुकी हुने गौ तस्करीलाई नियन्त्रण गर्न अहोरात्र खट्दै आएका छन् । सीमाबाट हुने गाई तस्करीलाई रोक्नको लागि उनले मोरटसाईकल लिएर एकाबिहानै आफ्नो सीमा क्षेत्रको एक राउण्ड लगाउने गरेको बताउँछन् ।
जनप्रतिनीधिमा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै उनी गौ तस्करी रोक्न सक्रिय रहँदै आएको बताईन्छ । गाईको मामिलामा उनले प्रशासनसँग पनि लडन सक्ने बताउँछन् ।
भारतबाट नेपाल आउने गाई तस्करहरु खुल्ला सीमामा प्रहरीलाई छलेर तस्करी गर्न खोज्दा अध्यक्ष दिपिनदेव यादव पुग्ने गर्छन् । गौ तस्करलाई आफैँ नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने गरेका छन् भने भाग्न खोज्नेलाई स्थानीयहरुको सहयोग लिएर समात्ने गरेको बताउँछन् ।
“हाम्रो धर्म सँस्कृति बेग्लै छ, गाई राष्ट्रिय जनावर पनि हो । गाई हाम्रो धर्म सँस्कृतिसँग जोडिएको प्राणी मात्र नभई सनातन धर्मको अभिन्न अंश पनि हो । गौ रक्षाको लागि म विगतदेखि नै सक्रिय छु । जनप्रतिनीधि भएपछि मैले मात्र त्यस्तो गरेको होईन् । हाम्रो एरियामा तपाई कसैलाई सोध्नुहोला, गौ तस्करलाई म लखेटी लखेटी भगाउने गरेको छु ।”– उनले भने ।
गौ तस्करबाट गाई खोसेर स्थानीय किसानलाई दिने गरेको यादव बताउँछन् । बधशालाको लागि नेपालबाट गाई तस्करी गरी भारत लैजाने गरेको छ । उनले भने –“भारतमा पनि भित्र होईन, बिहारको सीमासँगै रहेको गाई स्तरमा गाई काट्ने गरेको खवर पाएको छु, तर अरुको देशमा हाम्रो चल्दैन् । त्यो पनि चोरीलुकी काट्ने गरेको छ । भारतीय तस्करलाई यहाँ कैयौँ जनालाई हामीले पक्राउ गरी प्रशासनलाई बुझाएका छौँ ।”
आफू धर्मकर्ममा पूर्णतः विश्वास राख्ने गरेको बताउँदै अध्यक्ष यादवले सामुन्नेमा यस्तो गतिविधि भईरहँदा चुप लागेर बस्ने चरित्र आफ्नो नभएको बताए । उनले कैयौँ पटक प्रहरीलाई समेत सावधान गराउँदै आएको बताए ।
जनकनन्दिनी गाउँपालिकाको सीमा क्षेत्रभित्र पर्ने विभिन्न नाकामा गौ तस्कर डराउने गरेको बताउँछन् । आफ्नो नाम सुनेर गौ तस्करहरु आफैँ भाग्ने गरेको उनी सुनाउँछन् । अहिलेसम्म उनले सयौँ गाईलाई तस्करको चँगुलबाट बचाएर स्थानीयहरुलाई पालनपोषणको लागि दिने गरेको बताउँछन् ।
खजुरी, इनरबा, महुवा, बलहा नाकाबाट गौ तस्करलाई हम्मे हम्मे परेको छ । गौ तस्करलाई लखेटन थालेपछि कैयौँ जना आफूसँग रुस्ट समेत भएको अध्यक्ष बताउँछन् । उनले भने, –“यस क्षेत्रमा गौ तस्करी रोक्नको लागि सदैव अहोरात्र खटनेछु । यसको लागि दिखावा गर्नुपर्ने आवश्यक नै छैन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…