करेन्ट लागेर गम्भिर घाईते भएका नदाफको मृत्यू
न्यूज ब्यूरो | जनकपुरधाम, १६ जेठ । करेन्ट लागेर गम्भिर घाईते भएका सिराजुल नदाफको मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर स्थित रहेको एक पीपलको बोटमा खसेको बिजुलीको ३३ केभिए भोल्टको तारका कारण करेन्ट लागेर गम्भिर घाईते भएको थियो । स्थानीय रफिद नदाफको वर्ष १२ का छोरा सिराजुल नद

२०७५ जेठ १६ बुधबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १६ जेठ । करेन्ट लागेर गम्भिर घाईते भएका सिराजुल नदाफको मृत्यू भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर स्थित रहेको एक पीपलको बोटमा खसेको बिजुलीको ३३ केभिए भोल्टको तारका कारण करेन्ट लागेर गम्भिर घाईते भएको थियो ।
स्थानीय रफिद नदाफको वर्ष १२ का छोरा सिराजुल नदाफ आफ्नै गाउँ बाहिर रहेको पीपलको बोट छुँदा करेन्ट लागेर आधि शरिर जलेको थियो ।
जलेर गम्भिर घाईते भएका नदाफलाई धनुषाधाममा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको थियो । रकम अभावका कारण विराटनगरबाट पुनः जनकपुर अञ्चल अस्पतालमा ल्याएका नदाफलाई अवस्था विग्रीएपछि काठमान्डौको लागि रिफर गरिएको थियो ।
नदाफलाई उपचारको लागि काठमान्डौ लैजादै गर्दा मँगलबार साँझ करिब ५ बजेतिर बाटोमै मृत्यू भएको परिवारजनले जनाएको छ ।
विद्युत प्राधिकरणको लापरवाहीका कारण नदाफको मृत्यू भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…