शहिदनगरका मेयर यादवले ‘जुबान’ दिएर गराए लाखौँको काम, भुक्तानीमा ठेकेदारसँग गद्दारीको आरोप

२०८३ असोज २१ बुधबार
बेलुकी ६:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगरका मेयर दिनेश प्रसाद यादवले ठेकेदारसँग गद्दारी गरेको भन्दै प्रशासनमा उजुरी परेको छ । मेयर यादवले काम गराएर रकम भुक्तानी नगरेको आरोप ठेकेदारको छ । 

शहिदनगरका मेयर दिनेश यादवले नगरपालिकाको विभिन्न वडामा लाईट जडानको लागि काम गराएर भुक्तानीको बेला भएपछि अर्काकै खातामा रकम ट्रान्सफर गरेको आरोप लगाएको छ । 

औरही गाउँपालिका वडा नं. १ पौडेश्वर बस्ने चन्द्रकिशोर यादवको ७ लाख ५० हजार रुपैयाँ भुक्तानी नगरेपछि विवाद चुलिएको छ । काम गराउनुअघि मेयर यादवले बिना कार्यादेशकै काम गर्न भनेका थिए । उनले आफू जुबानको पक्का रहेको र जुबानकै विश्वास गरी काम गर्न आदेश गरेपछि चन्द्रकिशोरले काम सुरु गरेका थिए । 

शहिदनगर नगरपालिकाको वडा नं. १,३,४ र ७ मा नीजि सम्झौता बमोजिम लाईट जडान गरिदिएका चन्द्रकिशोरले रकम मागेपछि उनले भुक्तानी दिन आनाकानी गरेको आरोप छ । 

२०८२ असोज २४ गतेदेखि उनले कार्य सुरु गरेकोमा असोज २७ गते रु. १७,००० रुपैयाँ नगदी भुक्तानी पाए । त्यसपछि कार्तिक २ गते पुनः रु. ८५,००० रुपैयाँ नगद प्राप्त गरेको बताईएको छ । कार्य सम्पन्न गरेपनि उनले धेरै खुसामद गर्दा फागुन महिनामा ८ लाख ६३ हजार रुपैयाँ नगरपालिकाबाट अधिकारिक रुपमा चेक मार्फत पाएको यादवले बताए । 

बाँकी रहेको ७ लाख ५० हजार रुपैयाँको लागि विगत एक बर्षदेखि खुसामद गर्दा पनि मेयर यादवले सो भुक्तानी नगराईदिएको चन्द्रकिशोरले बताए । मेयर यादवको जुबानको भरमा विश्वास गरी काम गरेका चन्द्रकिशोरले रकम मागेपछि सो वापतको बाँकी रकम अन्य फर्मको नाममा हस्तान्तर भएको पाईएको आरोप लगाए । 

आशिका ट्रेडर्सबाट काम गरेका चन्द्रकिशोरले बाँकीका ७ लाख ५० हजार रुपैयाँ आशिका ट्रेडर्सको नाममा आउनुपर्नेमा मेयर यादवले सो रकम अन्य फर्ममा ट्रान्सफर गरी खाएको आरोप लगाए । 

विभिन्न समयमा फोन, मेसेज मार्फत मेयर यादवले सम्पर्क गर्दा पनि रकम भुक्तानीको लागि पहल नगरिदिएको र आफ्नो लगानी समेत डुबेको बताए । उनले चार वटा वडामा कम्तीमा ४० लाखको काम भएको बताए । 

विभिन्न वडामा २५ वटा टावर लाईट नै जडान गरिएको दाबी चन्द्रकिशोरको छ । काम सुरु गर्नु अगाडी चन्द्रकिशोरलाई मेयर यादवले जुबानको पक्का भएको जुबानै काफी भएको भन्दै गरेको भिडियो समेत चन्द्रकिशोरले सुरक्षित राखेका छन् । 

यसका साथै, विभिन्न समयमा बिना भपाईकै रकम दिएको भन्दै प्रमाण स्वरुप नगद लिने बेलाको भिडियोहरुको साथै मेयरसँग भएको कुराकानी, डीलहरुको अडियो रेकर्ड समेत उनले राखेका छन् । सो अडियो र भिडियोहरु न्यूजब्यूरोसँग समेत सुरक्षित रहेको छ । 

यस सन्दर्भमा मेयर यादवले भने सबै रकम दिसकेको दाबी गर्दै आएका छन् । काम बमोजिमको रकम भुक्तानी गरिसकेको दाबी मेयर यादवको छ । उनले नगरपालिकामा भुक्तानीको सबै फाईल राखेको दाबी गरे । उनले ठेकेदारको आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८३ असोज २१ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus