विद्यालयको गेटमा ९ वर्षीया बालिकालाई फकाउँदै थिए पूर्वशिक्षक, CCTV ले पछ्याउँदै पुर्‍यायो महोत्तरीसम्म

२०८३ भदौ ३० मंगलबार
दिउसो ४:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाईफकाई गरी आफूसँग लैजान खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्सा निवासी ३६ वर्षीय मनिष ठाकुर रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भदौ १८ गते रामानन्द चोकस्थित एन्जल बोर्डिङ स्कुलबाट छुट्टी भएर बाहिरिने क्रममा ठाकुरले बालिकालाई ललाईफकाई गरी आफूसँग लैजान प्रयास गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाएको थियो । फुटेजबाट ठाकुरको पहिचान खुलेपछि प्रहरीले उनलाई महोत्तरीस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरीका अनुसार बालिका परिवारसहित जनकपुरधाममा डेरा लिएर बस्दै आएकी छन् । उनको स्थायी घर सिरहा रहेको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ठाकुर पूर्वशिक्षक रहेको खुलेको प्रहरीले जनाएको छ । उनी महोत्तरीकै एक रेडियोमा समेत काम गर्दै आएको प्रहरीको भनाइ छ ।

ठाकुरलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

 

  • 13%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

तीजकै दिन ढल्केवरमा महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान्

  • २०८३ भदौ ३० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा एक महिलाको घरकै प्यासेजमा शंकास्पद अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २९ गते राति अन्दाजी २२ः५० बजे स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus