विद्यालयको गेटमा ९ वर्षीया बालिकालाई फकाउँदै थिए पूर्वशिक्षक, CCTV ले पछ्याउँदै पुर्‍यायो महोत्तरीसम्म

२०८३ भदौ ३० मंगलबार
दिउसो ४:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाईफकाई गरी आफूसँग लैजान खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्सा निवासी ३६ वर्षीय मनिष ठाकुर रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भदौ १८ गते रामानन्द चोकस्थित एन्जल बोर्डिङ स्कुलबाट छुट्टी भएर बाहिरिने क्रममा ठाकुरले बालिकालाई ललाईफकाई गरी आफूसँग लैजान प्रयास गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाएको थियो । फुटेजबाट ठाकुरको पहिचान खुलेपछि प्रहरीले उनलाई महोत्तरीस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरीका अनुसार बालिका परिवारसहित जनकपुरधाममा डेरा लिएर बस्दै आएकी छन् । उनको स्थायी घर सिरहा रहेको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ठाकुर पूर्वशिक्षक रहेको खुलेको प्रहरीले जनाएको छ । उनी महोत्तरीकै एक रेडियोमा समेत काम गर्दै आएको प्रहरीको भनाइ छ ।

ठाकुरलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

 

  • 13%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

हिजो साँझ जनकपुरको कपिलेश्वरमा एक महिलाको शंकास्पद मृत्यू, परिवारजन अवरोध गरेपछि अहिले मुचुल्का हुँदै

  • २०८३ भदौ ३० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक महिलाको शंकास्पद मृत्यू भएको छ ।  आईतबार साँझ महिलाको शंकास्पद मृत्यू भएको छ । कपिलेश्वर निवासी दास थरको एक व्यक्तिको

पूरा पढ्नुहोस्

Bureau Menus