जनकनन्दिनीका अध्यक्ष यादवलाई खुल्ला चुनौति, प्रतिबन्धको निर्णयपछि नचाइयो ओरकेष्ट्रा
यता, नियमन गर्ने निकाय ईलाका प्रहरी कार्यालय खजुरीलाई दोष दिँदै आग्रह बमोजिम नियमन नगरिदिएको प्रतिक्रिया दिए । उनले निर्णय गाउँपालिका गरेपनि नियमन निकाय प्रहरी प्रशासन नै नभएको बताउँदै प्रहरीले साथ नदिँदा उलघंन भएको बताए ।

२०८० असोज १३ शनिबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा अश्ल्लि ओरकेष्ट्रा पूर्ण प्रतिबन्धको घोषणा गरिएपनि नियमन गर्न भने सकेका छैनन् ।
केही दिन अगाडी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले एक सूचना जारी गर्दै जनकनन्दिनी गाउँपालिकाभित्र साँस्कृतिक कार्यक्रम बाहेक महिला नर्तक वा ओरकेष्ट्रा जस्ता कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेपनि उनको आदेशलाई धज्जिया उडाउँदै खुल्ला र नाँगो चुनौति दिइएको छ ।
जनकनन्दिनी गाउँपालिकाको चर्चित चोकहरुमध्ये बनरझुला चोकमै अश्लिल ओरकेष्ट्रा नचाईएको भिडियोहरु समाजिक सँजालमा राखिएको छ । भिडियोहरु राखेर अध्यक्ष यादवालाई लक्षित गर्दै प्रश्न समेत तेर्साईएको हो ।
ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गत पर्ने प्रहरीचौकी बनरझुला समेत नजिकमै रहँदा पनि दिनमै ओरकेष्ट्रा नचाउँदा गाउँपालिकाले नियमन गर्नबाट चुकेको हो ।
पछिल्लो समाचारः
गत असोज ९ गतेमा गाउँपालिका अध्यक्ष यादवले एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनलाई बोधार्थ गरी गाउँपालिकाभित्र यस्ता कार्यक्रमहरु नगराउन आग्रह गरेपनि बनरझुलामा सो कार्यक्रम गरी खडो चुनौति दिएको हो ।
समाजिक सँजालमा अध्यक्ष यादवप्रति कटाक्ष गर्दै कैयौँ जनाले बोल्ड निर्णयको नाममा साँगुरो निर्णय मात्र भएको टिप्पणी समेत गरिएको छ । सूचनामा अध्यक्ष यादवले सूचनालाई अवहेलना तथा उलंघन गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएका थिए ।
ईन्द्र पूजाको अवसरमा असोज ११ गते नै सो ओरकेष्ट्रा नचाईएको देखिएको छ । यस सन्दर्भमा गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले ओरकेष्ट्रा नचाएको भिडियो आफू समेत प्राप्त गरेको बताउँदै समितिलाई कारवाहीको तयारी गरिएको बताए ।
यता, नियमन गर्ने निकाय ईलाका प्रहरी कार्यालय खजुरीलाई दोष दिँदै आग्रह बमोजिम नियमन नगरिदिएको प्रतिक्रिया दिए । उनले निर्णय गाउँपालिका गरेपनि नियमन निकाय प्रहरी प्रशासन नै नभएको बताउँदै प्रहरीले साथ नदिँदा उलघंन भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…