सिरहामा दौड प्रतियोगिता गरी ११औं गणतन्त्र दिवस मनाइयो
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १५ जेठ । आज ११ औं गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइदै छ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष १५ जेठमा मुलुकभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ । यसैबीच, सिरहाको औरही गाउँपालिकामा समेत दौड प्

२०७५ जेठ १५ मंगलबार, दिउँसो २:४८ बजे१ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १५ जेठ । आज ११ औं गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइदै छ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष १५ जेठमा मुलुकभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ ।
यसैबीच, सिरहाको औरही गाउँपालिकामा समेत दौड प्रतियोगिता गरी गणतन्त्र दिवस मनाइएको छ । जनचेतना युवा सूचना केन्द्र ईटाटारको आयोजना र श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको सहयोगमा मंगलवार विद्यार्थी दौड प्रतियोगिता सम्पन्न गरी गणतन्त्र दिवस मनाइएको हो ।
उक्त दौड प्रतियोगितामा औरही माविमा अध्ययनरत कक्षा ८, ९ र १० बाट जम्मा ३२ जना छात्रछात्रा सहभागी भएका थिए । दौड औरही गाउँको परिक्रमा गरी करिब २.५ किलोमीटरको दुरी पार गरेको थियो ।
सूचना केन्द्रका अध्यक्ष संजय कुमार यादवको अध्यक्षता र सदस्य दिपेन्द्र सिकेको संयोजकत्वमा भएको दौडमा छात्राबाट प्रथम भएकी हेमा कुमारी सिंहले मात्र १७ मिनेट ५४ सेकेन्डमा गन्तव्यमा पुगी अग्र भएकी थिइन् भने आँचल साहले १८:२५ मा द्वितीय भएकी थिइन् त्यस्तै सोभा यादवले १९:०१ मा तृतीय भएकी थिइन् ।
त्यसैगरी, छात्रतर्फ शिवराम यादवले मात्र १२ मिनेट ५४ सेकेन्डमा पारगरी प्रथम, सुन्दर यादव १३:२५ सेकेन्डमा द्वितीय, नन्द किशोर यादवले १३:४२ सेकेन्डमा गन्तव्यमा पुगी तृतीय भएका थिए ।
गणतन्त्र दिवसको अवसरमा आयोजित दौड प्रतियोगिता कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीलगायतको बाक्लो सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…