मिर्चैया कलेज प्रमुख साह असुरक्षित, अपरधिलाई संरक्षण दिएको आरोप, सुरक्षाको माग
न्यूज ब्यूरो || सिरहा, १५ जेठ । मिर्चैया नगरपालिका ५ स्थित ब्रह्मचारी दामोदरानन्द कलेजका निमित्त प्रमुख उमेश साहले आफू असुरक्षित भएको बताउँदै सुरक्षाको माग गरेका छन् । क्याम्पसमै पत्रकार सम्मेलन गरी प्रमुख साह सुरक्षाको माग गरेका हुन् । निलम्बित क्याम्पस प्रमुख संजय साहले जेठ ४ गते क्याम्पसमै गुण्डा

२०७५ जेठ १५ मंगलबार, दिउँसो १:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
सिरहा, १५ जेठ । मिर्चैया नगरपालिका ५ स्थित ब्रह्मचारी दामोदरानन्द कलेजका निमित्त प्रमुख उमेश साहले आफू असुरक्षित भएको बताउँदै सुरक्षाको माग गरेका छन् । क्याम्पसमै पत्रकार सम्मेलन गरी प्रमुख साह सुरक्षाको माग गरेका हुन् ।
निलम्बित क्याम्पस प्रमुख संजय साहले जेठ ४ गते क्याम्पसमै गुण्डाहरुलाई ल्याएर आक्रमण गरी घाईते बनाएको र प्रहरीमा उजुरी गर्दा पक्राउ गरेपनि ३ दिनमै छाडेपछि असुरक्षित बनेको साहले दुःखेसो पोखेका छन् । उनले भने, 'उनीहरु फेरी कुट्ने योजना बनाइरहेको थाहा पाएको छु । त्यसैले शान्ति सुरक्षाको माग गर्दछु ।'
क्याम्पसमा आर्थिक अनियमितता गरेको, नियमित पठनपाठन गराउन ध्यान नदिएको, रकम लिएर शिक्षक नियुक्त गरेको लगायतका आरोपमा बैशाख २५ गते उच्च अदालत जनकपुर राजविराजले उनलाई निलम्बन गरेको थियो । क्याम्पस व्यवस्थापन समितिले समेत उनलाई निलम्बन गरिसकेको छ । तापनि संजयले आफू नै क्याम्पस प्रमुख रहेको भनेर धाकधम्की लगाउने गरेको अन्य प्राध्यापकहरु बताउँछन् ।
क्याम्पसको वातावरण नै विगारेका र निमित्त प्रमुख उमेश साहको कुर्सीमा आएर बस्नु र गुण्डालाई ल्याएर आक्रमण गर्ने संजय साहलाई प्रशासनले संरक्षण दिएको आरोप पनि लागेको छ । मिर्चैयाका मेयर श्रवण यादबले पनि क्याम्पमा आएर आक्रमण गर्ने संजयलाई ५ हजार धरौटीमा छाडेर प्रशासनले ठूलो गल्ती गरेको बताए । उनले भने, '५ हजारमै छुट दिने हो भने त हामी कोही सुरक्षित रहन सक्दैनौं ।'
निलम्बित कलेज प्रमुख संजय साहले कलेजको आय-व्यय पारदर्शी नगरेको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरुले कार्यालयमा पटकपटक तालाबन्दी गरेपछि व्यवस्थापन समितिले साहलाई निलम्बन गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…