जनकपुरः स्कूटीको ठक्करबाट एक युवकको मृत्यू
गएराति १० बजेतिर साइकलमा सवार युवकलाई स्कुटीले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०८० भदौ २६ मंगलबार, बिहान १०:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित स्कूटीले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।
पुर्वपश्चिम राजमार्गको धनुषाको ढल्केवरमा रोयल सम्राट होटल नजिक गाडीको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको हो ।
गएराति १० बजेतिर साइकलमा सवार युवकलाई स्कुटीले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मिथिला नगरपालिका २ नक्टाझिजका जितेन्द्र नामको युवक रहेको छ । यता स्कुटी चालकको पनि खुट्टा भाँचिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…