जनकनन्दिनी गाउँपालिकामा माओवादी पार्टीको 'जनतासँग माओवादी' कार्यक्रम प्रारम्भ
सो क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै युवा नेता बरबरियादले देशभरिबाट कम्तीमा ८ लाख नयाँ सदस्यता थपको लागि अभियान सँचालन गरिएको बताए । ३ महिनासम्म कमला नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा अभियान जारी रहने अभियानका कमला जनकनन्दिनी कमाण्ड २ का ईन्चार्ज बरबरियाले बताए ।

२०८० भदौ १९ मंगलबार, राति ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट माओवादी (केन्द्र) ले पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा जनतासँग माओवादी अभियान प्रारम्भ गरेको छ ।
जनकनन्दिनी गाउँपालिका र कमला नगरपालिकामा ३ महिने अभियान सँचालन भएको हो । गत भदौ १६ गतेदेखि नै अधिकारिक रुपमा प्रारम्भ भएको हो । सो क्रममा जनकनन्दिनीबाट अभियान सँचालन गरिएको छ ।
मँगलबार जनकनन्दिनी गाउँपालिकामा अभियानलाई थप मजबुत बनाउनको लागि अभियान सँचालनको मूल समिति गठन गरिएको हो । माओवादीका बुधराम यादवको अध्यक्षता तथा माओवादीका युवा नेता उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा जनकनन्दिनी गाउँपालिकाको वडा नं. ४ खजुरीस्थित बैठक बसी मूल समिति गठन गरिएको हो ।
पार्टीको स्तर कमजोर भएको अवस्थामा बलिया बनाउनको लागि ३ महिने अभियान सँचालन गरिएको माओवादीका भातृ सँगठनको भाृत सँगठन नेपाल दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य रामकिशोर पासवानले जानकारी दिए ।
पार्टी सुदृढिकरण अभियान, घर घर माओवादी, जनजन माओवादी, ३ महिने देशव्यापी अभियान सँचालनको लागि अभियान निरन्तर जारी रहने पासवानले बताए । उनका अनुसार, वर्तमान माओवादीको सरकारले देशमा ल्याएको भ्रष्टाचार विरुद्धको अभियान, सुशासन कायम, समाजिक विषयको लागि उठान गरिएको सरकारको कदमलाई जनजनमा पुरयाउनको लागि अभियान सँचालन गरिएको बताए ।
सो क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै युवा नेता बरबरियादले देशभरिबाट कम्तीमा ८ लाख नयाँ सदस्यता थपको लागि अभियान सँचालन गरिएको बताए । ३ महिनासम्म कमला नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा अभियान जारी रहने अभियानका कमला जनकनन्दिनी कमाण्ड २ का ईन्चार्ज बरबरियाले बताए ।
मँगलबार जनकनन्दिनीमा गठन गरिएको मूल समितिको बुधराम यादवको सँयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएका हो । समितिमा सत्यजीवन यादव, पुहुपलाल यादव, सँजीव गोईत, महन्था कामत
,रामपृत कापर, गुलचन साह, अनिल गोहिबार, तनुकलाल खिरहर, लक्षणदेव यादव, सुधिर कुमार यादव, प्रभु मुखिया र सूर्यदेव गोरहान लगायतका चयन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…