कमला नदीमा एक युवकको लास
बुधबार पूर्णिमाका दिन धार्मिक स्थल उत्तराहणीमा साथीहरूसँग कापैर कमला स्नान गर्न गएका थिए । के कारणले उनको मृत्यु भएको हो सोको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० भदौ १५ शुक्रबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्थित कमला नदीमा एक युवकको लास फेला परेको छ । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा एक युवक मृत अवस्थामा फेला परेको हो ।
सिरहाको बन्दीपुर ब्यारेक देखि दुई सय मिटर उत्तर कमला नदीमा एक युवक मृत अवस्थामा भेटेको एक स्थानीयले ईलाका प्रहरी कार्यालय मिर्चैयालाई जानकारी गराएको थियो ।
लास मिर्चैया नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय राजेश कापैरको रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका कार्यालय प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिए ।
बुधबार पूर्णिमाका दिन धार्मिक स्थल उत्तराहणीमा साथीहरूसँग कापैर कमला स्नान गर्न गएका थिए । के कारणले उनको मृत्यु भएको हो सोको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ईनारमा महिलाको शव
सर्लाहीको हजरिया, खर्साल टोलस्थित सार्वजनिक इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–१ खर्साल टोलकी ६५ वर्षीया लक्षियादेवी सहनीको इनारमा डुबेर मृत्यु भएको हो । खेतमा पानी पटाउनका लागि खनिएको सार्वजनिक इनारमा डुबेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । राति घरमा सुतेकी सहनी बिहान फेला नपरेपछि उनकी बुहारीले हल्लाखल्ला गरेकी थिइन् । स्थानीय र प्रहरीले खोजतलास गर्दैजाँदा टोलमै रहेको इनारनजिक महिलाको चप्पल र लाठी फेला परेको थियो । इनारमा गहिरो पानी जम्मा भएकाले दमकल लगाएर पानी निकाल्दा महिलाको शव इनारको फेदमा फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…