जनकपुरः मोसाको ठक्करले एक पुरुषको मृत्यू, दुईदिनदेखि उठेन लास
स्थानीयहरुले बीरेन्द्रबजार–महिनाथपुर सडकखण्ड जाम गरेर प्रदर्शन गरेको छ भने मोटो सँख्यामा प्रहरी परिचालन समेत गरिएको हो । ठाकुरको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमै मृत्यू भएको जनाईएको छ । यता, मोटरसाईकल चालकलाई विभिन्न ठाउँमा लागेको सिसिटिभीको आधारमा खोजबिन सुरु गरिएको जनाईएको छ ।

२०८० भदौ ११ सोमबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकलले ठक्कर दिएपछि एक पुरुषको मृत्यू भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरबजारस्थित एक व्यक्तिको मृत्यू भएको हो ।
सबैला नगरपालिका वडा नं. १२ र वडा नं. १३ को सीमामा रघुनाथपुर बजारबाट तरकारी किनेर घर जाँदै गरेको स्थानीय रौदी ठाकुरलाई अज्ञात व्यक्तिले ठक्कर दिएर भागेको जनाईएको छ ।
घर फर्किने क्रममा मोटरसाईकलमा मलको बोरा लादेर जाँदै गरेको एक मोटरसाईकलले ठक्कर दिएर भागेको स्थानीयहरुले जनाएको छ । यद्यपी, मोटरसाईकलको नम्बर भने खुलेको छैनन् ।
पीडित परिवारसहित स्थानीयहरुले आईतबार साँझ करिब ७ः३० बजे नै भएको घटनापछि अहिलेसम्म लास उठाउन दिएका छैनन् । ठक्कर दिने मोसा चालकलाई पक्राउ नगरेसम्म लास उठाउन नदिने अडान लिएपछि अवस्था तनावग्रस्त बनेको हो ।
स्थानीयहरुले बीरेन्द्रबजार–महिनाथपुर सडकखण्ड जाम गरेर प्रदर्शन गरेको छ भने मोटो सँख्यामा प्रहरी परिचालन समेत गरिएको हो । ठाकुरको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमै मृत्यू भएको जनाईएको छ । यता, मोटरसाईकल चालकलाई विभिन्न ठाउँमा लागेको सिसिटिभीको आधारमा खोजबिन सुरु गरिएको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…