पूर्व गाविस प्रधान 'जोगी' लाई काँग्रेसको झण्डा ओढाएर अन्तिम सँस्कार
पँचायती व्यवस्था कालमा उनी गाविस अध्यक्षमा निर्वाचित भएको हुनाले गाउँस्तरमा हुने मेलमिलाप, पँचायतको लागि उनलाई निर्णायकको रुपमा सम्मान दिँदै आएको थियो । माचि झिटकैया, पर्सा, लगमा, मानपट्टि, सराबे, तेलियाहा, बिजुलिया, खजुरी लगायत आसपाका गाउँमा उनको बेग्लै रुतवा कायम रहेको थियो । स्थानीय तह निर्वाचनपछि पुनः पार्टीमा सक्रिय भएका जोगी यादवले राजनीतिक ब्यालेन्स बनाउने पात्रको रुपमा परिचित थिए । पार्टीभित्र हुने विभिन्न मन

२०८० भदौ ११ सोमबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पँचायती व्यवस्थाको क्रममा गाविस अध्यक्ष भएका योगेन्द्र प्रसाद यादव उर्फ प्रधानलाई अन्तिम सँस्कार गरिएको छ ।
साबिकको गाउँ विकास समिति (गाविस) माचि झिटकैयाका अध्यक्ष बनेका हाल कमला नगरपालिका वडा नं. २ माचि झिटकैया बस्ने योगेन्द्र प्रसाद यादव जोगीको नेपाली काँग्रेस पार्टीको झण्डा ओढाएर अन्तिम सँस्कार गरिएको हो ।
कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद यादव, उपमेयर शिला देवी मण्डल र वडा नं. २ का वडाध्यक्ष ठकु यादवले नेपाली काँग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको हो । कमला नगरपालिका वडा नं. २ को समितिमा काँग्रेस पार्टीमा यादवको लगनशिलता र पार्टीप्रतिको वफादारी दिएको भन्दै उनलाई काँग्रेसको झण्डा ओढाएर सम्मानसहित अन्तिम विदाई गरेको हो ।
विगत लामो समयदेखि दीर्घरोगी रहेका यादवलाई दुई दिन अगाडी मात्र स्वास्थ्य अवस्था बिग्रेको थियो । स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई उपचारको लागि चितवन अस्पताल लगिएकोमा आज सोमबार बिहान करिब ३ः०० बजेको समयमा अस्पतालमै अन्तिम साँस लिएका हुन् । उनले डेढ दशक अगाडी श्रीमति गुमाएका थिए ।
पँचायती व्यवस्था कालमा उनी गाविस अध्यक्षमा निर्वाचित भएको हुनाले गाउँस्तरमा हुने मेलमिलाप, पँचायतको लागि उनलाई निर्णायकको रुपमा सम्मान दिँदै आएको थियो । माचि झिटकैया, पर्सा, लगमा, मानपट्टि, सराबे, तेलियाहा, बिजुलिया, खजुरी लगायत आसपाका गाउँमा उनको बेग्लै रुतवा कायम रहेको थियो ।
स्थानीय तह निर्वाचनपछि पुनः पार्टीमा सक्रिय भएका जोगी यादवले राजनीतिक ब्यालेन्स बनाउने पात्रको रुपमा परिचित थिए । पार्टीभित्र हुने विभिन्न मनमुटाव, असहमतिलाई निर्णायकको रुपमा निर्णय गर्न उनलाई पार्टीले अघि सार्दै आएको थियो ।
यादवलाई उनको आफ्नै पैतृक गाउँ माचि झिटकैयामा अन्तिम सँस्कार गरिएको हो । उनको ६४ बर्षको उमेरमा असमायिक मृत्यू भएको हो । असमायिक मृत्यूपछि सिँगो टोल शोकमग्न भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…