सिरहामा खोलाको बाढीले बगाउँदा एक युवकको मृत्यू
शनिबार बाढीले बगाएको उनको शव नहरा– भगवानपुर स्थित बलान खोलामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनी शारीरिकरुपमा अशक्त (अपाङ्ग) रहेका थिए ।

२०८० भदौ ११ सोमबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित बाढीले बगाउँदा एक युवकको ज्यान गएको छ । घटना शनिबारको हो ।
सिरहाको भगवानस्थित रहेको सर्रे खोलाको बाढीले बगाउँदा सिरहाको लहान नगरपालिका वडा नं. २४ झुटकीका ३५ वर्षीय शिवनारायण यादवको मृत्यू भएको हो ।
शनिबार बाढीले बगाएको उनको शव नहरा– भगवानपुर स्थित बलान खोलामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनी शारीरिकरुपमा अशक्त (अपाङ्ग) रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…