धनुषामा खानेपानीको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी
यसअघि मिथिला नगरपालिका २ र ५ को सिमानामा पर्ने श्रीपुरमा रहेको सिचाइ बोडिंगमा जडान गरिएको टान्सफर्मर समेत चोरी भएको थियो । तर ईलाका प्रहरी कार्यालय ढल्केवरले अहिलेसम्म चोरलाई खोजी गरि पक्राउ गर्न नसकेको स्थानीयको आरोप छ ।

२०८० भदौ ८ शुक्रबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा खानेपानी सूचारुको लागि जडान गरिएको विद्युतिय ट्रान्सफर्मर चोरी भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ विश्रामपुरस्थित अभरहेड खानेपानी नजिक जडान गरिएको विधुत टान्सफर्मर गएराति चोरी भएको हो।
चोरले टान्सफर्मर पोलबाट भुईमा झारेर त्यसमा भएको तमाको क्वाईल तार र तेल चोरी गरि लगेको स्थानीयले बताएका छन् । खानेपानी सुचारु गर्न जडान गरिएको सो टान्सफर्मर चोरी भएको छ ।
यसअघि मिथिला नगरपालिका २ र ५ को सिमानामा पर्ने श्रीपुरमा रहेको सिचाइ बोडिंगमा जडान गरिएको टान्सफर्मर समेत चोरी भएको थियो । तर ईलाका प्रहरी कार्यालय ढल्केवरले अहिलेसम्म चोरलाई खोजी गरि पक्राउ गर्न नसकेको स्थानीयको आरोप छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…