कृष्णा अष्टमीमा रेल्वे स्टेशनस्थित 'द कृष्ण रन' म्याराथन हुने
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम रेल्वे स्टेशनस्थित प्रत्येक वर्ष भव्यताका साथ मनाईने कृष्ण जन्माष्टमीको अवसरमा यसपाली 'द कृष्ण रन' म्याराथन हुने भएको छ । जनकपुरधाम रेल्वे स्टेशन नजिक भव्यताका साथ मनाईने कृष्ण जन्माष्टमीको अवसरमा यसपाली 'द कृष्ण रन' म्याराथन दौड प्रतियोगिता

२०८० भदौ ६ बुधबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम रेल्वे स्टेशनस्थित प्रत्येक वर्ष भव्यताका साथ मनाईने कृष्ण जन्माष्टमीको अवसरमा यसपाली 'द कृष्ण रन' म्याराथन हुने भएको छ ।
जनकपुरधाम रेल्वे स्टेशन नजिक भव्यताका साथ मनाईने कृष्ण जन्माष्टमीको अवसरमा यसपाली 'द कृष्ण रन' म्याराथन दौड प्रतियोगिता हुने भएको छ । एलान ईभेन्ट म्यानेजमेन्टको आयोजना र जनकपुरधामको रेल्वे स्टेशन स्थित श्री कृष्णजन्माष्टमी मेला समितिको सहकार्यमा आयोजना हुने म्याराथनमा १४ वर्ष भनदा माथी कुनै पनि उमेर समुहका व्यक्ति सहभागि हुन पाउने बताइएको छ ।
ईभेन्टकी रिती कर्ण र मेला समितिका अध्यक्ष राजु साहले पत्रकार सम्मेलनको आषेजना गरि म्याराथन बारे जानकारी गराएका हुन । कर्णले युवा देखि महिला, पुरुष सबै एकै म्याराथनमा दौडदा भाइचारा झल्किने र स्वस्थ्य जनकपुरधामको लागि प्रेरणा भेटने बताईन । उनले जुता अनिवार्य भएपनि आफलाई सहज हुने कुनै पनि पोशाकमा म्याराथनमा भाग लिन सकिने बताइन ।
राधाकृष्णको महत्व झल्किने पोशाक लगाएर सहभागि भए झन उत्तम हुने उनले बताईन् । भदौं १६ गते विहान साढे ९ बजे जनकचौक देखि भानुचौक हुदै रेल्वेस्टेशन सम्म दौड हुने प्रतियोगीता कृष्णाजन्माष्टमीलाई प्राथमिकतामा राखेकाले आफुहरुले सम्पुर्ण सहयोग गर्ने मेला समितिका अध्यक्ष साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…