मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्ड हत्या घटनाका अभियुक्त सार्वजनिक
न्यूज ब्यूरो, काठमाडौँ। साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । अभियुक्तहरूमा मिर्चैया नगरपालिका-७ का २२ वर्षीय रविन सदा र मिर्चैया-५ का २० वर्षीय दीपक स

२०८० साउन २९ सोमबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ। साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
अभियुक्तहरूमा मिर्चैया नगरपालिका-७ का २२ वर्षीय रविन सदा र मिर्चैया-५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका मिर्चैया-८ का ६० वर्षीय किशोरी राय कुर्मीको शव गत असार ११ गते बिहान गर्दनमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा अभियुक्तहरू कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्न गएको र सुरक्षागार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरी हत्या गरेको खुलेको सिरहा प्रहरीले जनाएको छ ।
दुबै अभियुक्तले हत्यामा आफूहरूको संलग्नता रहेको स्वीकारेका सिरहाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए । प्रहरीका अनुसार, दुबै अभियुक्त लागूऔषध सेवनकर्ता छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…