जनकपुरः मोटरसाईकलमा ट्रयाकटरले ठक्कर दिएपछि एक गम्भिर, तीन घाईते
ट्रयाक्टर जनकपुरधामकै लोहनाको रहेको बुझिएको छ । राजकुमार दाससहित उनका आफन्त (सालो) समेत सोही मोटरसाईकलमा सवार रहेका थिए । उनीहरु सवार मधेश प्रदेश ०२–००७ प २०६८ नम्बरको मोटरसाईकलमा ठक्कर दिएको हो । ट्रयाक्टरको खोजबीन भईरहेको जनाईएको छ ।

२०८० साउन २६ शुक्रबार, राति ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मोटरसाईललाई ट्रयाकटरले ठक्कर दिएपछि एक जना युवक गम्भिर घाईते भएका छन् ।
जनकपुरदेखि भोयल जाने बाटोमा पेट्रोल पम्पभन्दा पूर्व भोईल र महुवाको बीचमा तीन जना सवार मोटरसाईकललाई ठक्कर दिएपछि तीनै जना घाईते भएको हो । सो मध्ये धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैया बस्ने दल्लु भनिने सोभित दासको अन्दाजी बर्ष २५ का छोरा राजकुमार दास रहेका छन् ।
जनकपुरबाट घर फर्किने क्रममा विपरित दिशाबाट आएको एक ट्रयाक्टरले उनीहरुलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो ट्रयाक्टर ठक्कर दिएर भागेको जनाईएको छ ।
ट्रयाक्टर जनकपुरधामकै लोहनाको रहेको बुझिएको छ । राजकुमार दाससहित उनका आफन्त (सालो) समेत सोही मोटरसाईकलमा सवार रहेका थिए । उनीहरु सवार मधेश प्रदेश ०२–००७ प २०६८ नम्बरको मोटरसाईकलमा ठक्कर दिएको हो । ट्रयाक्टरको खोजबीन भईरहेको जनाईएको छ ।
यता, घाईतेहरुलाई जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…