जनकपुरः पुलचोकबाट भागेर अब वकिल टोलमा खुल्लेयाम अवैद्य यौनधन्दा सँचालन, नेताहरु पनि शौकिन
एक बर्षपछि पुनः उनीहरुले वकिल टोलमा यौनधन्दा सँचालन गरेपछि केही जनप्रतिनीधिहरु समेत कोठीमा जाने गरेको खुलाईएको छ । स्टीँग अपरेशनको क्रममा सँचालिकाले ठुल ठुला नेताहरु भन्दै बोलेकी छन् । उनले स्थानीय नेताहरु उनको कोठीमा यौन प्यास मेटाउन जाँदै गरेको बताएकी छन् ।

२०८० साउन १२ शुक्रबार, राति ९:३७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । करिब १ बर्षअघि जनकपुरको पुलचोकमा अवैद्य यौनधन्दा सँचालन गर्दै आएकी सँचालिकाले अब जनकपुरको वकिल टोलमा यौनधन्दा सँचालन गरेको पाईएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ वकिलटोलस्थित एक घरमा एक ६० बर्षिय वृद्ध सँचालिका रहेको सो कोठीमा खुल्लेयाम अवैद्य यौनधन्दा सँचालन गरिएको छ ।
एक बर्ष अगाडी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकस्थित यौनधन्दा सँचालन गर्दै आएकी सोही महिलाले न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि ताल्चा लगाएर भागेकी थिइन् । एक बर्षपछि पुनः उनले जनकपुरको शान्त मोहल्ला मानिने वकिल मोहल्लामा यौनधन्दा सँचालन गरिरहेको पाईएको छ ।
विशेष सूचनाको आधारमा न्यूज ब्यूरोका सहकर्मी रितेश शर्माले गरेको स्टीँग अपरेशनको क्रममा सँचालिका रहेकी महिलाले यसअघि पुलचोकमा यौनधन्दा सँचालन गर्दै आएको स्वीकार गरेकी छन् ।
वकिलटोलस्थित रहेको चर्चित अक्षर विद्या मन्दिरको पूर्व गल्लीमा करिब ३० मिटरको दुरीमा रहेको एक घरमा यौनधन्दा सँचालन गर्दै आएको हो । एकतल्ले पक्की घरमा तीन जना महिलाले यौनधन्दा चलाउँदै आएकी हुन् । वृद्ध महिला यौनकर्मीहरुको म्यानेजर हुन भने दुई जना अन्य महिला देखिएको थियो ।
एक बर्ष अघि प्रकाशित समाचार
जानकारी अनुसार, यौनधन्दा चलाउने महिला भारत विहारकी हुन् । जनकपुरमा उनीहरुले बर्षौदेखि यौनधन्दा सँचालन गर्दै आएको बुझिएको छ । (भिडियो प्रमाण सुरक्षित छ)
गत बर्ष भदौ १८ गते शनिबारको दिन पनि विशेष सूचनाको आधारमा न्यूज ब्यूरोले गरेको स्टीँग अपरेशनको क्रममा समाचार प्रकाशित गरेपछि भदौ १९ गते विहानै उनीहरुले घरमा ताल्चा हानेर भागेका थिए । प्रहरी जाँदा उनीहरु घरमा ताला लगाएर भागेका थिए । त्यतिबेला देखि नै धनुषा प्रहरीले सो घरमा निगरानी थालेको थियो ।
एक बर्षपछि पुनः उनीहरुले वकिल टोलमा यौनधन्दा सँचालन गरेपछि केही जनप्रतिनीधिहरु समेत कोठीमा जाने गरेको खुलाईएको छ । स्टीँग अपरेशनको क्रममा सँचालिकाले ठुल ठुला नेताहरु भन्दै बोलेकी छन् । उनले स्थानीय नेताहरु उनको कोठीमा यौन प्यास मेटाउन जाँदै गरेको बताएकी छन् ।
महिलाहरुले एक रातभरिको लागि ६ हजार रुपैयाँसम्म चार्ज लिने गरेको भिडियोमा भनिएको छ ।
यसअघि पनि जनकपुरको मिडियाहरुमध्ये न्यूज ब्यूरोले अवैद्य यौनधन्दाहरुको बारेमा समाचार लेखेपछि बन्द गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…