सिरहाः विना कसुर प्रहरीले मजदुरलाई गाली गर्दै कुटे
न्यूज ब्यूरो, सिरहा, १० जेष्ठ । प्रहरीले विना कसुर कुटपिट कसैलाई गर्दा समाजमा घृणा जाग्छ । यसमा पनि मजदुरसंग पैसा माग गर्दै विभेदपूर्ण शैलीमा कुटपिट गरी आमाचकारी गाली गर्नु प्रहरीको नियत के होला ? हिजो लहानमा यस्तै भएको छ । लहान नगर प्रहरी चौकीका एक सईले दिउंसो ४ बजेतीर ३ हजार रुपैयां माग गर्दै सप्त

२०७५ जेठ १० बिहीबार, बिहान ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा, १० जेष्ठ । प्रहरीले विना कसुर कुटपिट कसैलाई गर्दा समाजमा घृणा जाग्छ । यसमा पनि मजदुरसंग पैसा माग गर्दै विभेदपूर्ण शैलीमा कुटपिट गरी आमाचकारी गाली गर्नु प्रहरीको नियत के होला ? हिजो लहानमा यस्तै भएको छ ।
लहान नगर प्रहरी चौकीका एक सईले दिउंसो ४ बजेतीर ३ हजार रुपैयां माग गर्दै सप्तरीको राजविराज ९ बस्ने देवनारायण यादवलाई बुटले हिर्काउंदै आमाचकारी गाली गरेका छन् । पीडित यादवले भने ‘तिमीहरु यत्रो दिन यहां काम गरियो पैसा तिर्नुपर्छ ।’ ‘ठकेदारसंग कुरा गर्नु म कहांबाट पैसा दिनु हजुर ।’ ‘यति नभन्दै आमाचकारी गाली गर्दै कुटपिट गरेको छ ।’ ‘मधेशी भन्दै गल्हथियाउंदै बाहिर धेकेदियो ।’
देवनारायण लहान ७ स्थित सडक कार्यालय कम्पाउण्डभित्र ६ महिनादेखि मालपोतको भवन निर्माण गर्न मजदुरी गर्दैछन् । त्यहां दश जना मजदुर काम गर्दै आएका छन् । भवन निर्माणको ठकेदार सन्तोष दास हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…