दुहवीमा एक जनाको रहस्यमय मृत्यु
चन्दन रौनियार | सुनसरी, ९ जेठ । सुनसरी जिल्लाको दुहबीमा एक जनाको रहस्मयी मृत्यू भएको छ । बुधबार विहान दुहवी नगरपालिकाको वडा नम्बर दुहवी २ पचिरा बस्तीमा दुहवी ११ तनमुना बस्ने वर्ष ५० का शंकरलाल माझी मृतावस्थामा फेला परेका छन । स्थानिय हाट बजारमा पान बेच्दै आएका माझी अवेर रात घरमा आउने गरेको भएपनि मंग

२०७५ जेठ ९ बुधबार, दिउँसो २:१८ बजे१ मिनेट पढाइ

चन्दन रौनियार |
सुनसरी, ९ जेठ । सुनसरी जिल्लाको दुहबीमा एक जनाको रहस्मयी मृत्यू भएको छ ।
बुधबार विहान दुहवी नगरपालिकाको वडा नम्बर दुहवी २ पचिरा बस्तीमा दुहवी ११ तनमुना बस्ने वर्ष ५० का शंकरलाल माझी मृतावस्थामा फेला परेका छन ।
स्थानिय हाट बजारमा पान बेच्दै आएका माझी अवेर रात घरमा आउने गरेको भएपनि मंगलवार नआएपछि खोजीकार्य गर्दा बुधबार विहान मृतावस्थामा फेला परेका हुन ।
माझीको साइकल भन्दा करिव ५० मिटरको दुरीमा शव भेटिएकोले घटनाको प्रकृती हेर्दा शंकास्पद भएको ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए ।
शवलाई मुचुल्का गरी पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक न्यौपानेले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…