जनकपुरः बासी खाना दिएपछि छोराले जलाइदिए आफ्नै आमा
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी आमासँग मुखामुख बोल्दा आमाले गाली गरेका, आमालाई हिर्काउँदा आमाले समेत हिर्काउन खोजेपछि चिरपट लिएर पियुठमा हान्न खोजेपनि टाउको लागेपछि तत्कालै मृत्यू भएको जनाइएको छ । तत्कालै मृत्यू भएपछि घटना ढाकछोप गर्नको लागि त्यहाँ रहेको कपडाहरु मृतकको शवमाथि हालेर आगो लगाईदिएको बयान स्वीकार गरेका छन् ।

२०८० असार २४ आइतबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बासी खाना दिएको भन्दै एक छोराले आफ्नै सौतेनी आमालाई आगो लगाएर जलाइदिएका छन् । यो घटना धनुषा जिल्लाको हो ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ स्थित बासी खाना दिएको भन्दै आमालाई मारेर जलाउने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
शनिबार दिउँसो १२ बजेको समयमा काम गरी घरमा खाना खान आएको बेला सौतेनी आमा रहेकी बर्ष ३९ की मिरा देवी भगतले बासी खाना दिएको , बासी खाना नखाने बरु होटेलमा गएर खाने भनेपछि बुवाको नामले गाली गरेपछि आमालाई चिरपटले हिर्काएको बयान रेकर्ड गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी आमासँग मुखामुख बोल्दा आमाले गाली गरेका, आमालाई हिर्काउँदा आमाले समेत हिर्काउन खोजेपछि चिरपट लिएर पियुठमा हान्न खोजेपनि टाउको लागेपछि तत्कालै मृत्यू भएको जनाइएको छ । तत्कालै मृत्यू भएपछि घटना ढाकछोप गर्नको लागि त्यहाँ रहेको कपडाहरु मृतकको शवमाथि हालेर आगो लगाईदिएको बयान स्वीकार गरेका छन् ।
प्रहरीको अनुसार उनीहरु भारतको बिहार राज्य नरकटियागँज बस्ने तथा कामको शिलशिलामा नेपाल बस्दै आएको बताईएको छ । छोरा प्रेम कुमार भगत लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…