सिरहाको नरहामा मुसहरहरुको नागरिकता अभियान सम्पन्न
सो क्रममा वडाध्यक्ष रुस्तम अन्सारीले अल्पसँख्यक समुदायलाई राज्यको मूलधारमा ल्याउनको लागि यो कार्यक्रम सँचालन गरिएको बताए । उनले सदा (मुसहर) समुदायलाई नागरिकता प्राप्तीको लागि झेल्नुपर्ने बाधा अवरोध, तिरस्कारलाई न्यूनिकरण गर्नको लागि अभियान सँचालन गरिएको बताए ।

२०८० असार २० बुधबार, राति ११:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नं. ३ मा मुसहर समुदायलाई लक्षित गरी नागरिकता अभियान सम्पन्न भएको छ ।
३ नम्बर वडाको कार्यालय आयोजनामा सुरु भएको तीन दिने अभियानको क्रममा प्रथम दिन नरहा गाउँपालिका वडा नं. ३ को चोहर्बास्थित मुसहर समुदायलाई नागरिकताको प्रक्रियाहरुबारे जानकारी गराईएको आयोजकले जनाएको छ ।
वडा नं. ३ का वडासचिव रामदेव मण्डलको अध्यक्षता तथा वडाध्यक्ष रुस्तम अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम दिनको अभियानको क्रममा अल्पसँख्यक समुदाय रहेको मुसहरहरुलाई नागरिकता प्राप्तीको लागि आवश्यक पर्ने कागजात र प्रक्रियाहरुबारे जानकारी गराइएको थियो ।
सोही अभियान वडा नं. ३ को खोरिया टोलमा समेत गरिएको जनाइएको छ । बतराहीमा असार १७ गते अभियान सँचालन भएको बताइएको छ । यस्तै असार २० गते नरहा ३ को खोरिया टोलमा अभियान सँचालन गरि सम्पन्न गरिएको हो ।
सो क्रममा वडाध्यक्ष रुस्तम अन्सारीले अल्पसँख्यक समुदायलाई राज्यको मूलधारमा ल्याउनको लागि यो कार्यक्रम सँचालन गरिएको बताए । उनले सदा (मुसहर) समुदायलाई नागरिकता प्राप्तीको लागि झेल्नुपर्ने बाधा अवरोध, तिरस्कारलाई न्यूनिकरण गर्नको लागि अभियान सँचालन गरिएको बताए ।
नागरिकता अभियान असार १३ गते, असार १७ गते र असार २० गरी तिन चरणमा सम्पन्न भएको हो ।
अभियानको क्रममा प्रशासनिक निकायका अधिकारी, वडाध्यक्ष, वडासचिव, वडा सदस्य, गाउँपालिकाका कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…