जनकपुरः मदन सर चाहियो भन्दै विद्यार्थीहरुले बाले आगो
प्रधानाध्यापक मदन कुमार महरालाई सो विद्यालयबाट राजनीतिक पूर्वाग्रह साध्न सरुवा गर्न लागेको भन्दै बालबालिकाहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । अहिले जनकपुर–यदुकूहा सडक तनावग्रस्त बनेको छ ।

२०८० असार ११ सोमबार, बिहान ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आगो बालेका छन् ।
जनकपुरधाम–शहिदनगर सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बालेका हुन् । शहिदपथमा विहानैदेखि नारावाजी गर्दै विद्यार्थीहरुले प्रधानाध्यापक सरुवाको विरोधमा आगो दन्काएका हुन् ।
प्रधानाध्यापक मदन कुमार महरालाई सो विद्यालयबाट राजनीतिक पूर्वाग्रह साध्न सरुवा गर्न लागेको भन्दै बालबालिकाहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । अहिले जनकपुर–यदुकूहा सडक तनावग्रस्त बनेको छ ।
“मदर सरको सरुवा बदर गर, हामीलाई मदन सर चाहियो” नारासहित विद्यार्थीहरुले जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख र स्थानीय नेताहरुको विरोधमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…