धनुषामा बालविवाह हुन नदिने प्रण ठाने छात्राहरु
न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । धनुषामा बालविवाह विरुद्ध उत्रेकी छात्राहरु जिल्लामा आ आफ्नो ठाउँमा बालविवाह हुन नदिने प्रण ठानेका छन् । सोमबार जनकपुरमा सम्पन्न बालविवाह न्यूनिकरण सम्बन्धि गोष्ठी कार्यक्रममा सहभागी छात्राहरुले जिल्लामा बालविरुद्ध आफूहरुको कदम कडा रहने प्रतिववद्धता जाहेर गरे । अशिक्

२०७५ जेठ ८ मंगलबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ जेठ । धनुषामा बालविवाह विरुद्ध उत्रेकी छात्राहरु जिल्लामा आ आफ्नो ठाउँमा बालविवाह हुन नदिने प्रण ठानेका छन् ।
सोमबार जनकपुरमा सम्पन्न बालविवाह न्यूनिकरण सम्बन्धि गोष्ठी कार्यक्रममा सहभागी छात्राहरुले जिल्लामा बालविरुद्ध आफूहरुको कदम कडा रहने प्रतिववद्धता जाहेर गरे ।
अशिक्षा, गरिबी र जनचेतना अभावमा वर्तमान समाजमा अहिलेपनि बालविवाह अन्त्य हुन सकेको भन्दै निकट भविष्मै अन्त्य हुने दाबी समेत गरियो ।
पहुँच परियोजना अन्तर्गत सर्च फर कमन ग्राउण्डको सहयोगमा जानकी महिला जागरण समाजले आयोजना गरेको गोष्ठीमा बालविवाहका नकारात्मक असर र बालविवाह न्युनिकरण सम्बन्धी प्रस्तुतिकरणमार्पmत समाजमा देखिएको विकृतिबारे चर्चा गरिएको थियो ।
जनकपुरका विभिन्न स्कूल कलेजका छात्राहरु सहभागी उक्त कार्यक्रममा
सरोकारबालाहरुको उपस्थितिमा कार्यक्रम संयोजक पुजा शर्माले गोष्ठीको उद्येश्यमाथि प्रकाश पारेकी थिइन् ।
जानकी महिला जागरण समाज धनुषाकी अध्यक्ष तुलसा आचार्यले स्वागत मनतव्य राखेकी गोष्ठीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कन्हैया मिश्र, हुसोडनका पवन कर्ण लगायतले आ आप्mनो धारणा राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…