जनकपुरमा युवकले गरे आत्मदाहको प्रयास
मिल्स एरियामा आइएमई मनी ट्रान्सफर सञ्चालन गरेका उमेश साहसँग रितेशले ३० लाख ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधामकै ४ कट्ठा ८ धुर जग्गा उमेशको श्रीमती संगिता देवी साहको नाममा रजिस्ट्रेशन पास गरेका थिए ।

२०८० जेठ ३० मंगलबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक युवक आत्मदाह प्रयास गरेका छन् । उनी आफ्नै शरिरमा पेट्रोलियम छर्केर जल्ने प्रयास गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्स एरियास्थित एक युवकले आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ रजौल बस्ने अन्दाजी बर्ष ३२ का रितेश दासले आफ्नै शरिरमा आगो लगाउने प्रयास गरेपनि स्थानीय व्यापारीहरुले उनलाई बचाएको हो । शरीरमा पेट्रोल छर्किरहेको देखेपछि स्थानीयले उद्धार गरेका छन् ।
मिल्स एरियामा आइएमई मनी ट्रान्सफर सञ्चालन गरेका उमेश साहसँग रितेशले ३० लाख ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधामकै ४ कट्ठा ८ धुर जग्गा उमेशको श्रीमती संगिता देवी साहको नाममा रजिस्ट्रेशन पास गरेका थिए ।
तर ऋण लिएको ६ महिना नबित्दै उमेशले सो जग्गा बिक्री गरेपछि रितेश आत्मदाहको प्रयास गरेको बताईएको छ । साहुले उनको जग्गाजमिन बेचिदिएपछि उनी मर्ने प्रयास गरेको हो ।
मिटरब्याजी साहुले समयभन्दा अघि नै उनको जग्गा बेचिदिएका बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…