मिर्चैया ९ मा ८० वर्ष माथिका १६ जेष्ठ नागरिक सम्मानित
बिनय यादव, सिरहा, ४ जेठ । सिरहाको मिर्चैया नगरपालिकाले वडा नम्बर ९ का ८० वर्ष माथिका बृद्धबृद्धालाई सम्मान गरेको छ । नगरपालिकाले वडा ९ को वडा कार्यालय रमपुरामा एक कार्यक्रम आयोजना गरेर १६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव र कार्यकारी अधिकृत राजे

२०७५ जेठ ४ शुक्रबार, दिउँसो २:३९ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, ४ जेठ । सिरहाको मिर्चैया नगरपालिकाले वडा नम्बर ९ का ८० वर्ष माथिका बृद्धबृद्धालाई सम्मान गरेको छ । नगरपालिकाले वडा ९ को वडा कार्यालय रमपुरामा एक कार्यक्रम आयोजना गरेर १६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव र कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले दोसल्ला, छाता र फ्रुटी सहित बृद्धबृद्धाहरुलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गर्दै मिर्चैया ९ रमपुराका अन्दाजी १०० वर्षका मुनिलाल यादवले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
उक्त कार्यक्रममा स्थानीय युवा रामबिलेक्षण यादवले सरकारले जेष्ठ नागरिकहरुलाई उपलब्ध गराउँदै आएको सेवासुविधा बढाउनु पर्ने माग गरेका छन् । जेष्ठ नागरिकहरुको समस्या अत्याधिक रहेकाले सरकारले सम्मानस्वरुप उपलब्ध गराउँदै आएको रकम ज्यादै न्युन रहेको उनको कथन थियो ।
कार्यक्रममा नगरप्रमुख यादवले बृद्धबृद्धाका लागि चाँडै नगरभित्र बृद्धाश्रम निर्माण गर्ने आश्वासन दिए । बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै बृद्धबृद्धाको सम्मानले मात्र हाम्रो धर्म परम्परा जिवित रहने बताए । वैदेशिक रोजगारले पनि जेष्ठ नगारिकहरु थप पीडित बनेको भन्दै उनले सरकारले नयाँ नीति बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नगरप्रमुख श्रवण कुमार यादव, उपमेयर जिबछी देवी साह, नपा अधिकृत राजेन्द्र प्रसाद पौडेल, वडा ९ का वडाध्यक्ष मोहन प्रसाद पोखरेल, वडा ८ का वडाध्यक्ष रामजगत यादव, नगरपालिकामा कार्यरत कर्मचारीहरु तथा स्थानीय बुद्धिजीवी, नागरिकसमाज, बृद्धबृद्धा, महिला, युवा लगायतका उल्लेखनीय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…